झापा ,१० जेठ । झापाको अर्जुनधारा- ११ स्थित रेखा खोलामा करेन्ट लगाई माछा मार्ने क्रमम करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोहि ठाउँका ३८ बर्षीय धनेन्द्र तामाङ रहेको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।
जिल्ला प्रहरी प्रवक्ता राकेश थापाका अनुसार आईतबार बेलुका साढे ४ बजे साथीहरुसंग माछा मार्ने क्रममा करेन्ट लागेर घाईते भएका तामाङको बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।
प्रहरीले तामाङसंग गएका दुई जनालाई नियन्त्रणमा लिएको छ । सोही ठाउँका ३८ बर्षीय दिलबहादुर खजुम लिम्बु र ईलाम स्थायी घर भई सो ठाउँमा बस्दै आएका ३२ बर्षिय रमेश एक्तेन लिम्बुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरिएको जनाईएको छ ।