विहेमा कोरोना फैलिदाँ बेहुला र बेहुलाकी आमाको मृत्यु


गौरादह ,८ जेठ । झापाको गौरादह ४ को एक बिहेघरमा कोरोना संक्रमण देखिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ । संक्रमणवाट गौरादह नगरपालिका वडा न. ४ खङटाका ३० वर्षीय बेहुला सन्तोष ताजपुरिया र उनको आमाको मृत्युभएको नगर स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठका अनुसार संक्रमित सन्तोषको गएराती १२ः४५ वजे विराटनगरस्थित कोशी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गत बैशाख २४ देखि उहाँ त्यस अस्पतालमा उपचारत थिए ।
यसअघि आमा शान्तिदेवी ताजपुरियाको गत बैशाख २३ गते उपचारका क्रममा मृत्यु भएको थियोे । बैशाख १५ गतेतिर सन्तोषको विवाह भएको थियो । विवाह भएको केही दिनमै बेहुला सन्तोष ,उनकी नवदुलही, आमासहित पाँच जनाको पुरै परिवारलाई संक्रमण देखिएको थियो ।
त्यस्तै सन्तोषकी श्रीमतीको समेत कोशी कोभिड अस्पतालमा उपचार भईरहेको गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले वताए । विहे कार्य असवाधानी हुदाँ ताजपुरिया जनमा संक्रमण सरेको हुनसक्ने उनले वताएकाछन् । योसँगै गौरादहमा नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या ५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published.