पहिचानवादीबाट हुने अवरोधका डरले मन्त्री सिटौलाको कार्यक्रम रोकियो

दमक,७ जेठ । दमकमा कोशी प्रदेशका कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलासँग सम्बन्धित कार्यक्रम स्थगित भएको छ ।दमक उद्योग वाणिज्य संघले मन्त्री सिटौलासँग व्यवसायिक मुद्धाहरुमा केन्द्रित भएर अन्तरक्रिया गर्ने कार्यक्रम तय गरेको थियो । संघले आइतबार आज अपरान्ह ४ बजे संघको कार्यालयमा आयोजना गरेको मन्त्री सिटौलासँगको अन्तरक्रिया कार्यक्रमबारे कोशी प्रदेश नामाकरणमा विमती राख्दै आन्दोलनरत पहिचानवादी समूहका नेता कार्यकर्ताहरुले सूचना पाएपछि मन्त्री सिटौलालाई अवरोध गर्ने तयारी गरेका थिए ।
आन्दोलनकारी समुहले भित्रभित्रै सो कार्यक्रममा अवरोध गर्न सक्ने सम्भावना आंकलन गरिएको थियो । मन्त्री सिटौला पूर्वबाट दमक आएर सो कार्यक्रममा सहभागी हुने सम्भावना आंकलन गरेका समूहबाट हुन सक्ने खतरालाई मध्यनजर गर्दै संघले आकस्मिक रुपमानै सो कार्यक्रम स्थागित गरेको हो ।
पहिचानवादी पक्षधरको मसाल जुलुश प्रदर्शनमा साता अघि प्रहरी र प्रदर्शनकारीबीच दमकमा झडप भएको थियो । सो घटनामा डिएसपी मनोजकुमार लामा, इन्स्पेक्टर देवानन्द मिश्रसहित ठुलो संख्यामा सुरक्षाकर्मीहरु घाईते भएका थिए । त्यो झडपमा दुई जना आन्दोलनकारी समेत सख्त घाईते भएका थिए । उनीहरुको उपचार जारी रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.