दमक,४ जेठ । कोरोना संक्रमणवाट दमक नगरपालिका वडा न. ५ की ३५ बर्षिया एक महिलाको आज बिहान मृत्यु भएको छ ।
दमक- ५ स्थित हरि ऊँ कोलनी क्षेत्रमा बस्ने ३५ बर्षिया महिलाको यहाँस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा आज विहान मृत्यु भएको हो ।
दमक ५ का वडाध्यक्ष इन्द्र गुरुङका अनुसार ति महिलामा करिब ५ दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो । मृतकको शव व्यवस्थापनका लागि नेपाली सेनाको टोलीलाई खबर गरिसकिएको वडाध्यक्ष गुरुङले बताए ।
योसंगै दमकमा दोश्रो चरणको संक्रमणका कारण ९ जनाको मृत्युभएको अहिले संक्रिय संक्रमितको संख्या ६११ पुगेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
यसैगरि झापा, गौरादह -७ निवासी नेपाली कांग्रेस पूर्व नगर सभापति कृष्णहरी थपलियाको पनि कोरोना संक्रमणवाट मृत्युभएको छ ।
थपलियाको काठमाडौंमा उपचारका क्रममा सोमबार बेलुकी ७ बजे मृत्यु भएको हो । मेरुदण्डको समस्या लिएर थपलिया दुई साता अघि उपचारका लागि काठमाडौंको हरिसिद्धी अस्पतालमा गएका र त्यहाँ उपचारका क्रममा संक्रमण समेत पुष्टि भएको बताइएको छ ।