पूर्वी नाका काँकडभिट्टा पूर्णरुपमा बन्द

झापा,३ जेठ । पूर्वी नाका काँकरभिट्टा १५ दिनका लागि पूर्णरुमा बन्द हुने भएको छ । भारतको पश्चिम बंगाल सरकारले कोरोना संक्रमण तीव्र रुपमा फैलिएको जनाउँदै नाका पूर्णरूपमा बन्द गर्ने जनाएको हो ।
बंगाल सरकारले जेठ २ गतेदेखि १६ गते बिहान ६ बजेसम्म नाका बन्द रहने जानकारी पठाएको झापा प्रहरीले जनाएको छ । पश्चिम बंगाल सरकारले सो अवधि थप हुनसक्नेसमेत जनाएको छ । सो अबधिमा मानिस आवतजावत निषेध गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले जानकारी दिए । “औषधि, खाद्यान्न, डिजेल, पेट्रोल, एलपी ग्यास तथा अक्सिजन बुलेटबाहेक कुनै पनि सामान र सवारी साधन आयात हुने छैन” थापाले भने, भारतीय पक्षले नेपाली तथा भारतीय नागरिक तथा अन्य सबै प्रकारका सवारी साधनसमेतलाई आवतजावतमा पूर्ण रोक लगाइदिन आग्रह गरेको छ ।”

Leave a Reply

Your email address will not be published.