काठमाडौं ,३ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २१४ कोरोना संक्रमितको मृत्यु भएको छ ।
यो सँगै नेपालमा संक्रमित मृतकको संख्या ५ हजार २१५ पुगेको छ ।
पछिल्लो ४ दिनयता कोरोना संक्रमणदर घटेको देखिन्छ तर मृत्युदरमा भने कमी आउन सकेको छैन । नेपालमा संक्रमितको मृत्युदर अहिले १.५ प्रतिशत रहेको छ । जेठ २ गते आइतबार संक्रमितको मृत्युदर १.५ प्रतिशत थियो । जेठ १ गते १८७ जनाको मृत्यु भएको थियो अर्थात् मृत्युदर १.४ प्रतिशत थियो ।
यसैगरी वैशाख ३१ गते २०३ जनाको मृत्यु भयो । उक्तदिन मृत्यदर १.४ प्रतिशत थियो । वैशाख २९ गते १६८ संक्रमितको मृत्यु हुँदा मृत्युदर १.३ प्रतिशत थियो भने वैशाख २८ गते २२५ संक्रमितको मृत्यु भएको थियो । सो दिन नेपालमा महामारी सुरु भएयताकै सबैभन्दा धेरै संक्रमितको मृत्यु भएको थियो ।