दमकमा संक्रमित हुनेको संख्या ३१५ पुग्यो

दमक,२६ बैशाख । कोरोनाको नयाँ भेरियन्टवाट दमकमा दिनानु संक्रमण तीव्र बन्दै गएको छ । जिल्लाकै हटस्पट बन्दै गएको दमकमा आज थपिएका सहित कोरोनाका संक्रमितको संख्या ३ सय नाघेको छ ।
आज आइतबार सम्ममा कूल ३१५ जना संक्रमित भएको नगर स्वास्थ्य शाखाले जनाएको छ । उनीहरु मध्ये १८६ पुरुष र १२९ महिला छन् । ति मध्ये ३७ जना उपचारपछि निको भएका छन् भने ७ जनाको मृत्यु भएको स्वास्थ्य शाखाका कुबेर भट्टराईले बताए ।

उनका अनुसार यसरी मृत्यु हुनेमा पुरुष ४ जना र ३ महिला छन् । कोरोनाको दोश्रो लहरमा संक्रमित भएकाहरु मध्ये अहिले दमकमा २७१ जना सक्रिय संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published.