दमकका २० सहित झापामा १३५ संक्रमित थपिए

दमक,२४ बैशाख । दमकका २० सहित झापामा शुक्रबार १३५ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामध्ये ५४ जना महिला र ८१ जना पुरुष रहेको जिल्लास्थित स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार सबैभन्दा बढी बिर्तामोडका २५ जना संक्रमित छन् । जसमा १३ महिला र १४ जना पुरुष संक्रमित भएका हुन् ।

यस्तै, दमक र कनकाई नगरपालिकाका २०–२० जनामा संक्रमण पुष्टि भएको छ । दमकमा ६ महिला र १४ जना पुरुष तथा कनकाईमा ११ महिला र ९ पुरुषमा संक्रमण भएको हो । भद्रपुर नगरपालिकामा ७ महिला र १० पुरुष, गौरादह र मेचीनगरमा समान ३–३ महिला र ६–६ जना पुरुष, कमल गाउँपालिकामा ३ महिला र ४ पुरुष, अर्जुनधारामा १ महिला र ४ पुरुष, हल्दिबारीमा १ महिला र ५ पुरुष, शिवसताक्षीमा २ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको कोभिड फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिए ।
यसैगरी बुद्धशान्तिमा २ महिला र ४ पुरुष, कचनकवलमा २ पुरुष, बाह्रदशीमा १ महिला र १ पुरुष, ठेगाना नखुलेका १ महिला र २ पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको जनाइएको छ ।
झापामा हालसम्म ५९२५ जनामा संक्रमण पुष्टि

योसँगै झापामा ५ हजार ९२५ जनामा संक्रमण पुष्टि भइसकेको छ भने कोरोनालाई जितेर ४ हजार ५७६ जना घर फर्किएका छन् । विभिन्न आइसोलेसनमा १ हजार २०३ जनाको उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.