धरानका सुव्वासहित १६ पत्रकार सम्मानित हुँदै

झापा,२४ बैशाख । सरकारले १६ पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । छैटौँ राष्ट्रिय पत्रकारिता दिवस–२०७८’ का अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले ‘वरिष्ठ पत्रकार सम्मान–२०७६’ अग्निशिखा, मरणोपरान्त (काठमाडौँ ) र धरानका हर्ष सुब्बालाई प्रदान गरिने घोषणा गरेको छ।

त्यसैगरी मन्त्रालयले २०७७ सालको सोही पुरस्कार रघु मैनाली (काठमाडौँ )र शार्दूल भट्टराई (काठमाडौँ ) लाई प्रदान गर्ने छ । पुरस्कारको राशी जनही रु दुई लाख रहेको छ ।
यस्तै, ‘राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६’ उजिर मगर (बाग्लुङ ), मात्रिका पौडेल (रामेछाप ), सङ्गीता खड्का (काठमाडौँ ), शेषराज दाहाल (सिन्धुली ), हेमकान्तबहादुर बिक (बाँके ) र शीतल शाह (धनुषा )लाई प्रदान गरिने भएको छ । विसं २०७७ को सोही पुरस्कार दिलीप थापा मगर (भक्तपुर ), दीपेश न्यौपाने (मोरङ ), दुर्गाप्रसाद शर्मा (पर्वत ), शुरोजङ्ग पाण्डे (दोलखा ), नितु पण्डित (नुवाकोट ) र पुनम पौडेल (ललितपुर )लाई प्रदान गरिने भएको छ । पुरस्कारको राशी जनही रु एक लाख रुपैयाँ रहने छ । सो पुरकार उपयुक्त समयमा प्रदान गरिने मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.