चट्याङ लागेर प्रहरी चौकीका प्रमुखको मृत्यु


भद्रपुर,२१ बैशाख ।
झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०: ५५ बजेतिर गस्तीमा रहेको अवस्थामा उनी चट्याङ लागेर घाइते भएको थिए। तत्कालै भद्रपुरको ओमसाइ पाथिभरा अस्पताल पु¥याउँदा चिकित्सकले मृत्यु भइसकेको जानकारी गराएका थिए ।

मृतक प्रहरी सहायक निरीक्षक ठाकुर ४७ वर्षका थिए। भारतसँगको सीमा नजिक रहेको उक्त अस्थायी प्रहरी चौकीको टोली साइकल गस्तीमा निस्किएको थियो । हावाहुरी र भारी वर्षासँगै परेको चट्याङले ठाकुरलाई लागेको थियो । गस्तीमा खटिएका अरु प्रहरीहरु सुरक्षित नै छन् ।

इलाममा लडेर महिलाको मृत्यु

इलाम माइ–जोगमाई गाउँपालिका ५ सोयाङकी ५४ बर्षीया ख्यामकुमारी लिम्बुको लडेर मृत्यु भएको छ । हिजो बेलुका ८ बजे छिमेकीको घर जाने क्रममा बाटोमा चिप्लिएर अन्दाजी २० मिटर तल झरी उनको टाउकोमा गंभीर चोट लागेको थियो । घाइते लिम्बुलाई उपचारको लागि जिल्ला अस्पताल इलाम पुर्याउनासाथ राति सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.