झापा, बैशाख २१ झापा शिवसताक्षी नगरपालिका ८ डुडामारी का २८ बर्षीय जिवन थाम्सुहाङ पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । सोमबार बेलुका साढे ५ बजे शिवसताक्षी नगरपालिका १० स्थित माईखोलामा साथीहरूसंग पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका थिए । थाम्सुहाङ बेपत्ता भएको खबर प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय झिलझिले र अस्थाई प्रहरी पोष्ट माईधारबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दा सोहिदिन बेलुका साढे ७ बजे बगेको स्थानबाट करिब ५०० मिटर दक्षिणमा थाम्सुहाङ्ग मृत अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।