टाउँको किन दुख्छ, माइग्रेन के हो ? कारण र उपचार

-डा. लेखनाथ नेउपाने

टाउँको दुख्ने समस्या हरेक उमेरका महिला या पुरुषलाई हुने पीडादायी रोग मध्येको एउटा हो । झट्ट सुन्दा टाउँको दुख्नु सामान्य लक्षण जस्तो लागे पनि हजारौँ मानिस यो रोगबाट पीडित छन् । लक्षण सामान्य र उस्तै उस्तै लागे पनि यो रोग धेरै प्रकारका हुन्छन् । त्यसमा पनि माइग्रेन, पिनास जस्ता समस्या त झनै पीडादायी हुन्छन् ।

हाम्रो शरीरको मुख्य अंग मस्तिष्कलाई सुरक्षित राख्न यसको बाहिर वरिपरी कडा हाडहरुको समूह मिलेर वसेको हुन्छ । यो हाडहरुको समूहलाई खप्पर(स्कल) भनिन्छ । स्कलले हाम्रो कोमल मस्तिष्कलाई सुरक्षित मात्र राख्दैन हरेक मानिस या जनावरको टाउँको र अन्य केही हाडहरुले अनुहारको पनि निर्माण गर्दछ । शिर र अनुहारमा रहेका हाडहरुको बनावटबाट नै हाम्रो अनुहार र टाउँकाको आकार कस्तो भन्ने निर्धारण हुन्छ । शिरामा रहेका हाडहरुलाई छोप्ने र सुरक्षित राख्ने मासपेशी र छालाको तह एक आपसमा मिलेर बसेको हुन्छ । टाउँकाको भाग कपाल सहितको केहि छाला, मांसपेशी, रक्तनसा र नसाहरुको समुहले ढाकेको हुन्छ भने अनुहारको भाग नरम मासपेशी, रक्तनसा, नसा र छालाले । हाड भित्र मस्तिष्क रहेको हुन्छ । अनुहारमा भने विभिन्न रत्तनसा, आँखा, मुख, नाक दाँत, साइनस र नसाहरुको समुहले सुसन्जित भाग हो टाउको र अनुहार ।

लामो उपचारबाट पनि निको हुन नसकेको टाउँको दुख्ने समस्याकालागी भने विशेष उपाय अपनाउन सकिन्छ । जस्तै खानपान, निद्रको कमी, चिसो, तनाव, अनावश्यक अरुका कुरामा ध्यान दिदा या पेटको विसञ्चोका कारण दुखाई वढन सक्छ । यसका साथै कतिमा माया प्रेमको कमी, यौन आनन्दको अनावश्यक सोच र लम्पट पना, या जुन कुराले या खानाले असर गर्छ भन्ने थाहा हुदाहुदै पनि त्यसकै बढी सेवन । जस्तै चुरोट, खैनी, मदिरा, चिल्लो कुरा, अत्यधिक चिसो कुरा, निद्रको कमी चकलेट जस्ता कारणहरुबाट विस्तारै अलग हुन सके धेरै जनालाई त पिडा कम भएर जान्छ ।      ………………………………………………………………………………………………………………………………………..

टाउँको दुख्नु भनेको यिनै माथी भनिएका विभिन्न अंगहरुलाई विभिन्न प्रकारका बाहिरी या भित्री कारणहरुले अनावश्यक रुपमा प्रभाव पार्नु हो । रगतको प्रवाहलाई असर गर्दा होस या नसाहरुमा उत्तेजना उत्पन्न हुँदा होस अथवा मस्तिष्कमै कुनै प्रकारको संक्रमण जन्य रोगबाट ग्रसित भएको अवस्था होस टाउँको दुख्छ । मानसिक रुपमा देखा परेका विभिन्नखाले कारणहरुले पनि एकैनासको टाउँको दुख्न सक्छ । त्यसैले टाउको दुख्यो भनेर वस्नु या नदुख्ने औषधिको सेवन गर्नु भन्दा के कारणले दुखेको हो भन्ने कारण पत्ता लगाउनु जरुरी हुन्छ ।

कारण : टाउँको दुख्ने मध्ये एउटा हो पिनास । जो विशेष गरेर अगाडीको भाग नाकको वरिपरि, निधारको भागमा वढी दुख्छ भने नाक बन्द हुने अनि घाम र मध्यान्नमा धेरै दुख्नेगर्छ । अर्को हो माइग्रेन अथवा केहि दिन या हप्ताको फरकमा ठाउँ फेरी फेरी या सोही ठाउँमा अत्यन्तै कडा प्रकारको टाउँको दुख्नु । यसरी नै उच्च रक्तचापका कारण निधारमा या पछाडी घिच्चुकमा दुख्ने टाउँको । तनावका कारण दुख्ने टाउँको र मानसिक समस्याका कारण दुख्ने मन्द मन्द खालको हुन्छ । मस्तिष्कको कुनै भागमा गाठागुठी(टियूमर) पलाएका कारण, नसा सुन्निएका कारण या अन्य विरामीका कारणबाट दुख्ने टाउँको दुखाई केही फरक हुनसक्छ । मस्तिष्क ज्वरो, टायफाइड या अन्य कुनै विरामका कारण दुख्ने टाउँकाको दुखाईसँग ज्वरो या अन्य शारीरिक लक्षण पनि रहन्छन् । यसरी नै पेटको समस्या जस्तै गाउँले भाषमा भन्दा ग्याष्ट्रिकका कारण, पेट सफा नभएका कारण या आँखामा आएको समस्याका कारण पनि टाउँको दुख्ने हुँदा सचेत हुनु जरुरी हुन्छ ।

प्रकार: मुख्य गरेर चार प्रकारका हुन्छन् । साइनस हेडेक, कलस्टर हेडेक, टेन्सन हेडेक र माइग्रेन हेडेक । सर्व प्रथम त कुनै पनि प्रकारको टाउँको दुख्ने कारण पत्ता लगाउनु जरुरी हुन्छ । र, उपचार पनि सहज हुन्छ । माथी भनिएका विभिन्न प्रकारका टाउँको दुखाइका आ–आप्mनै कारणहरु हुन्छन् । तर यकिन कारण पत्ता लाग्न नसकेका कारण उपचार पनि अधुरो रहेको मध्ये माइग्रेन एउटा हो । माइग्रेन बाहेकका अन्य टाउँको दुख्ने समस्याको भने उपचार सफल देखिन्छ । यसको माने माइग्रेनको भने उपचार नै छैन भन्ने होइन । विशेष प्रकारका औषधीबाट माइग्रेनको उपचार हुनेगरेको छ । तर, कति विरामीहरु आज पनि पिडा सहेर वस्न वाध्य छन् । यसरी नै पिनासका कारण टाउँको दुखेको हो भने यसको सही उपचारबाट ठिक हुन्छ । तनावका कारण या उच्च रक्तचापका कारण दुखेको हो भने कारण अनुसारको औषधी सेवन गर्नुपर्छ । अन्य विरामीका कारण दुखेको भएमा सोही अनुसारको उपचार हुन्छ । टाउको दुखाइको तरिका र समय अनि कुन भागमा दुखेको हो त्यसका आधारमा रोग पत्ता लगाउन सकिने हुँदा हरेक विरामीले आप्mनो पिडा कसरी, कतिबेला, कुन पाटामा धेरै, कुन मौषममा धेरै अनि टाउको दुखाइसँग के के अन्य लक्षणहरु देखा पर्छन ध्यान दिएर सम्झनु पर्छ । यसले चिकित्सकलाई रोग के हो र के कारणले भएको हो भन्ने कुरा पत्ता लगाउन सहज हुन्छ । विरामीको सम्पूर्ण जाँचबाट पनि कारण पत्ता लाग्न सकेन भने टाउँकाको सिटी स्क्यान र अन्य जाँचका साथै पारिवारिक, समाजिक र आर्थीक कारण पनि जान्नु जरुरी हुन्छ । त्यसको पनि पहिचान भएमा सामधानका बाट अपनाउन सुझव दिन सकिन्छ ।

विशेष गरेर पिनासले टाउको दुख्ता आँखाका डिल र निधारको भागमा दुख्छ । घाम छिपिदै जाँदा धेरै दुख्छ । नाक बन्द हुन्छ । रुघामर्की लागेपछि सुरु भएको इतिहास भेटिन्छ । यसरी नै कलस्टर हेडेकमा एउटा आँखाको वरिपरी र केही माथी मात्र कडा गरी दुख्छ । टेन्सन हेडेक एकै प्रकारले मन्द गतिमा दुखी रहन्छ पुरै टाउकोमा । र माइग्रेन हेडेक भनेको निस्चित समयको अन्तरालमा कुनै निस्चित भागमा दुख्छ । धेरैजसो ठाउँ फेरेर दुख्छ । दुखाई सगै बान्ता हुने, वाकवाकी लाग्ने र धेरै पडिा हुने गर्छ । यस्तो दुखाई एक पटकमा १२ देखि ७२ घण्टासम्म दुख्न सक्छ ।

उपचार : टाउँको दुख्ने लक्षण धेरै मानिसमा भए पनि यसलाई सामान्य रुपमा लिएको पाईन्छ । दुखेका बेलामा दुखाई कम गर्ने औषधी सेवन गरेर धेरैको दैनिकी चलिरहेको हुन्छ । दुखाई कम गर्ने औषधीको सेवनले गर्ने नकारात्मक असरबाट पेटको समस्या देखापर्ने, आन्द्रमा घाउ हुने, अम्लपित्त वढने, निद्रा नलाग्ने, मृगौलामा समस्या आउँने जस्ता लक्षणहरु पनि टाउँको दुखाईसँगै देखापर्न थाल्छन् । त्यसैले पहिलो कुरा त टाउँको दुख्यो भनेर जतासुकैबाट विना चिकित्सकको सल्लाह दुखाइ कम गर्ने(पेन किलर) औषधी सेवन गर्नु हुदैन । एक पटक चिकित्सकको परामर्शमा मात्र कुन औषधी र कुन अवस्थामा सेवन गर्ने हो सो को जानकारी लिनु उचित हुन्छ । चिकित्सकलाई देखाएपछि के कारणले दुखेको हो पत्ता लाग्छ । र, कस्तो परहेज अनि कस्तो कस्तो औषधीको सेवन गर्नुपर्छ सो पनि थाहाँ हुन्छ । या के के जाँच गर्नु गराउनु पर्छ सो थाहा हुन्छ । जस्तै आँखाको समस्या भए आँखाको चिकित्सक कहाँ जान सुजाउछन् । कान या घाटीका समस्या भए सम्बन्धीत चिकित्सकलाई भेटने सल्लाह पाइन्छ । या अन्य मानसिक समस्या भए मनोचिकित्सकसँग जाने सल्लाह पाइने हुँदा हरेक टाउँको दुखिरहने विरामीले एक पटक जचाँउनु जरुरी हुन्छ । यसको मुख्य फाइदा भनेको अनावश्यक दुखाइ कम गर्ने औषधीको साइड इफेक्टबाट बच्नु हो ।

लामो उपचारबाट पनि निको हुन नसकेको टाउँको दुख्ने समस्याकालागी भने विशेष उपाय अपनाउन सकिन्छ । जस्तै खानपान, निद्रको कमी, चिसो, तनाव, अनावश्यक अरुका कुरामा ध्यान दिदा या पेटको विसञ्चोका कारण दुखाई वढन सक्छ । यसका साथै कतिमा माया प्रेमको कमी, यौन आनन्दको अनावश्यक सोच र लम्पट पना, या जुन कुराले या खानाले असर गर्छ भन्ने थाहा हुदाहुदै पनि त्यसकै बढी सेवन । जस्तै चुरोट, खैनी, मदिरा, चिल्लो कुरा, अत्यधिक चिसो कुरा, निद्रको कमी चकलेट जस्ता कारणहरुबाट विस्तारै अलग हुन सके धेरै जनालाई त पिडा कम भएर जान्छ ।

धेरै टाउँको दुखेको बेलामा शान्त वातावरणमा बस्ने । सकेसम्म निदाउने प्रयास गर्ने । कुनै रोमान्टिक क्षणको सम्झनामा एकोहारीने । मनलाई तनावबाट मुक्त राख्न कतै निस्कने या साथीभाईसँग रमाउने । सादा प्रकारका खानेकुरा खाने । कहिले काही पेट खाली भएर पनि टाउँको दुख्ने गर्छ । योग अभ्यास त्यसमा पनि अनुलोमवलोम निक्कै प्रभावकारी देखिएको छ । दुखाई अनुसारको औषधी खाने सल्लाह चिकित्सकबाट पाएको भए खाने । लामो श्वास तान्ने र छोडने गर्दै आफु तनाव वा पीडा मुक्त हुँदै गएको महशुस गर्ने । यदि माथी भनिएका उपायबाट पनि टाउको दुख्ने समस्याको सामधान भएको छैन या हुदैन भने प्राकृतिक चिकित्सा अपनाउने । विश्वमा नै सुरक्षित र प्रभावकारी चिकित्सा मानिएको होमियोप्थाथिक चिकत्सिा टाउँको दुख्ने जुनसुकै रोग, पिनास या माइग्रेन नै किन नहोस निक्कै प्रभावकारी र सफल रहेको अनुभव लेखक स्यमको पनि छ । यसका लागि होमियो चिकित्सकसँग उपचार गराउनु पर्छ । त्यसरी नै आर्युेवेद र अन्य प्राकृतिक चिकित्सा अनि योग पनि प्रभावकारी देखिएका छन् । त्यसैले टाउँको दुख्छ भनेर दुःखी हुनु भन्दा सही उपचार र तनाव मुक्त हुन पट्टि लाग्नुपर्छ । (लेखक, रीता होमियो क्लिनिक सेन्टर दमकका सञ्चालक हुन् । )

 

Leave a Reply

Your email address will not be published.