दमक,१४ बैशाख । दमक उद्योग वाणिज्य संघले कोभिड– १९ को संक्रमणवाट सावधानी अपनाउन अनिवार्य स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेको छ ।
केहिदिन यता दमकमा संक्रमण फैलिदै गएपछि संघले नगरवासी सवैलाई अनिवार्य स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेको हो ।
संघका अध्यक्ष गोकुल श्रेष्ठले कोभिडले दमकमा विस्तारै असर पुरयाँउदै गएकाले त्यसवाट आफू र परिवार,समाजलाई जोगाउन सवैले अनिवार्य माक्सको प्रयोग , भौतिक दुरी , सेनिटाइजरको प्रयोग र भिडभाड गर्न नहुने जस्ता मापदण्ड पालना गर्नु पर्ने वताए । दमकमा हिजो सोमबार मात्र एकैदिन १५ जनामा संक्रमण पुष्टि भएको थियो ।
कोभिडबाट हुन सक्ने जोखिम हुन नदिन व्यवसायीले समेत अनिवार्य माक्सको उचित प्रयोग गर्नुपर्ने लगायतका स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरिएको उनले वताए ।
यसैगरि आजनै संघले दमकको मुख्य भिडभाड हुने दमक ६ स्थित नमुना सव्जी वजारमा पुगेर अभियान स्वरुप सर्वसाधारणहरुलाई निशुल्क माक्स वितरण गरिएको संघका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईले वताए ।