काठमाडौँ,१४ बैशाख । पछिल्लो २४ घण्टामा थप ४५२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४ ३६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६० जनामा कोरोना पुष्टि भएको हो । यस्तै, १४ हजार ६७२ जनाको पीसीआर र १ हजार ९ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ ।
कुन जिल्लामा कति संक्रमित थपिए ?
मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ३ , उदयपुरमा ७, ओखलढुंगामा २, खोटाङमा २, झापामा १६, धनकुटामा २, भोजपुरमा १, पाँचथर १, मोरङमा ८६, संखुवासभामा ६, सुनसरी ५१ र सोलुखुम्बुमा २ जनामा कोरोना भेटिएको छ।
यसैगरी प्रदेश २ को धनुषामा २७ , पर्सामा ६७, बारामा २६, महोत्तरीमा ९, रौतहटमा ११, सप्तरीमा १२, सर्लाहीमा १० र सिरहामा १६ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र १६०२ जनामा कोरोना भेटिएको छ । काभ्रेमा ३१, चितवनमा ८०, दोलखामा ४, धादिङमा १५ , नुवाकोटमा ११, भक्तपुरमा १२४ , मकवानपुरमा ७२, रसुवामा १ , रामेछापमा ११, ललितपुरमा २४०, सिन्धुपाल्चोकमा ११ र सिन्धुली ५ जनामा कोरोना पुष्टि भएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १२९, गोरखामा १०, तनहुँमा १६, नवलपरासी पूर्वमा १४ , पर्वत ४, मुस्ताङ २, म्याग्दी ८, लमजुङमा ८, बागलुङमा ९ र स्याङ्जामा १४ जनामा कोरोना भेटिएको छ।कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २३ , कपिलवस्तुमा ३५, गुल्मीमा १६, दाङमा २३०, नवलपरासीमा २३, पाल्पामा ४५, प्यूठानमा ८, बर्दियाका ८६, बाँकेमा ५१५, रुपन्देहीमा ३८३ र रोल्पामा ४ जना छन्।
यस्तै, कर्णाली प्रदेशको कालिकोटमा ४, जाजरकोटमा २, जुम्ला ४, डोल्पा १, दैलेखमा ९, मुगु २, रुकुम पश्चिममा ७, सल्यानमा ११, सुर्खेतमा ७४ र हुम्लामा २ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ४६, कैलालीमा ३२, डडेल्धुरामा ११, डोटी १, दार्चुला १, बझाङमा २, बाजुरामा १ र बैतडीमा ८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये २०-२९ वर्ष उमेर समूहका सबैभन्दा धेरै ११२६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
सक्रिय संक्रमितको संख्या २६ हजार नाघ्यो
कोरोना भाइरस सक्रिय संक्रमितको सख्या २६ हजार नाघेको छ । पछिल्लो केही दिन यता निको हुने भन्दा नयाँ संक्रमित थपिनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या बढेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको तथ्यांक अनुसार सक्रिय संक्रमितको संख्या २६ हजार २२५ रहेको छ । यसअघि हिजो आइतबारसम्म सक्रिय संक्रमितको संख्या २२ हजार ४३४ थियो । मन्त्रालयको तथ्याक अनुसार नेपालमा हाल १० जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी छ ।मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै चितवन, मोरङ, पर्सा, कास्की, दाङ, बाँके, रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० भन्द बढी छ ।
यसअघि हिजो ९ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका थिए भने आज चितवन थपिएको हो ।यसैगरी सुनसरी, बारा, मकवानपुर, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कञ्चनपुर र कैलालीमा २०० भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
३९९ संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै
नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरमा उपचाररतको संख्या पनि बढेको छ । हाल भेन्टिलेटर र आईसीयूमा गरी कूल ३९९ जना सक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल देशभर ८४ जना संक्रमित भेन्टिलेटरमा र ३१५ को आईसीयूमा उपचारत छन्।
मन्त्रालयको विवरणअनुसार हाल प्रदेश १ मा २६ जना संक्रमित आईसीयूमा र भेन्टिलेटरमा १ जनाको उपचार भइरहेको छ । त्यस्तै प्रदेश २ मा हाल आईसीयूमा ८ जना उपचाररत छन् । यसैगरी बाग्मती प्रदेशमा १५२ जना आईसीयूमा र ५७ जना भेन्टिलेटरमा उपचाररत छन् ।
यसैगरी गण्डकी प्रदेशमा ५ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ७५ जना आईसीयूमा र २१ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
मन्त्रालयको तथ्यांकअनुसार कर्णाली प्रदेशमा २९ जना आईसीयूमा तथा सुदूरपश्चिम प्रदेशमा २० जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
२४ घण्टामा थप १८ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार १९४ पुगेको छ ।