खोटाङ, बैशाख १२, खोटाङ हलेसीतुवाचुङ नगरपालिका १ कदुवा स्थित मध्ये पहाडी लोकमार्गमा शनिबार बिहान ११ बजे हलेसी दर्शन गरी सप्तरी फर्कदै गरेको यात्रु वस दुर्घटनामा परोको थियो । सो वसमा चालक सहित ३९ जना यात्री सवार रहेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको थियो । भने अन्य २२ जना घाईते र १६ जना सामान्य घाईते भएका छन् । बा३ख ९२८५ नम्बरको बस आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल्लो सडकमा खसेर दुर्घटना हुँदा सो बसका सह(चालक सिन्धुली घ्याङलेक गाऊपालिका १ का २५ बर्षीय अनिल तामाङको घटनास्थलमानै मृत्यु भएको हो । दुर्घटना भएको जानकारी पाए लगतै प्रहरी चौकी च्यास्मिटर, ईलाका प्रहरी कार्यालय हलेसी र जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी नायव उपरिक्षकको कमाण्डमा प्रहरी टोली खटि गई घाईतेहरुलाई उपचारको लागी पठाईएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।