
उदयपुर, बैशाख ४, उदयपुर बेलका नगरपालिका १ आम्बासी स्थितमा रहेको बेलका मेडिलक पोलि क्लिनिक प्रा।लि। का संचालक सप्तरी चिरहुत गाऊपालिका २ मैनाकडेरी का २६ बर्षीय सुबोध यादबलाई लागूऔषध र नियन्त्रित औषधी सहित पक्राउ गरिएको छ । बिषेश सुचनाको आधारमा प्रहरीले शुक्रबार राती ११ बजे सो क्लिनिकमा खानतलासी गर्दा विभिन्न कम्पनीका लागु प्रतिबन्धित लागु ओषध सहित नगद एक लाख सत्र हजार र मोबाईल १ थान बरामद गरेको प्रहरीले जनाएको छ । बरामद गरिएको सामान सहित सो क्लिनिकका यादवलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ । पक्राउ परेका यादव माथि थपअनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।