झापा गाउँपालिकामा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

झापा, २५ कार्तिक । ट्याक्टर दुर्घटनामा परेर जिल्लाको झापा गाउँपालिकामा एक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका -६ शरणामती बस्ने ४५ वर्षीय सुनिल सोरेन रहेका छन् ।
आज बिहान १० बजे मे १ त ३३१६ न.को ट्रयाक्टर आफ्नै साहुको घरबाट निकाल्ने क्रममा अचानक लडेर दुर्घटना भएको थियो ।
दुवै खुट्टा र टाउकोमा चोट लागेका घाइते सोरेनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएकोमा उपचारका क्रममा दिउँसो ३ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको

Leave a Reply

Your email address will not be published.