एलाईड स्कूलले मनायो २६ औ बार्षिकोत्सव (फोटोफिचर )

दमक,२७ चैत । दमक -८ स्थित एलाइड अंग्रेजी बोर्डिङ स्कूलले विभिन्न कार्यक्रम गरि आज सोमबार आफनो २६ औ बार्षिकोत्सव मनाएको छ ।स्कूलको प्राङगणमा विविध कार्यक्रम गरि बार्षिकोत्सव भव्य रुपले मनाइएको प्रिन्सीपल मित्र खत्रीले बताए ।
स्कूल सञ्चालक समिति अध्यक्ष लक्ष्मण खत्रीको अध्यक्षता तथा दमक नगरपालिका वडा न. ८ का वडाअध्यक्ष धर्मप्रसाद दाहाल (दिपेश ) को प्रमुख आतिथ्यतामा आयोजित बार्षिकोत्सवमा विद्यार्थीहरुले गीत,नृत्य गर्नुका साथै विज्ञानका शैक्षिक सामग्रीहरुको समेत प्रर्दशनी गरेका थिए ।
विद्यार्थीहरुले स्वागत नृत्य प्रस्तुत गरेर शुरु भएको बार्षिकोत्सव कार्यक्रममा स्थानीय ज्येष्ठ अगुवा लक्ष्मी थपलिया,हेम सुवेदी, बेणु चुडाल, तैलोक्य रिजाल, कमल कटुवाल, रेवत भण्डारी लगायतका अभिभावकहरु, विद्यार्थीहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।
त्यस अवसरमा वडाअध्यक्ष दाहालले शैक्षिक गुणस्तरमा विद्यालयले पुरयाँएको योगदानका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा सहभागि अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । स्कूलका सहायक प्रिन्सीपल विनोद साहले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको सञ्चालन शिक्षक अमिर अलीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.