याक्खा छुम्माको नयाँ नेतृत्व, अध्यक्षमा भूपाल जिमी निर्वाचित

धरान ,२६ चैत। किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका छन् ।सुनसरीको धरानस्थित याक्खा छुम्माको केन्द्रीय भवनमा शनिबार र आइतबार सम्पन्न छुम्माको छैठौं महाधिवेशनबाट जिमी अध्यक्ष निर्वाचित भएका हुन् । उनले ८२ मत प्राप्त गर्दा अध्यक्ष पदका प्रत्यासी रहेकी अर्का उम्मेद्वर लहरुमाया जिमीले ४४ मत पाइन् ।
अन्य पद सर्वसम्मत हुँदा अध्यक्षमा मतदान भएको थियो । १ सय २६ मत खसेकोमा बदर मत संख्या शून्य रहेको थियो ।
महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा अन्जना ताम्ली, उपाध्यक्षमा कमन देवान, महिला उपाध्यक्षमा शान्ति देवान, महासचिवमा सोनाम याक्खा र उपमहासचिवमा भरत याक्खा चयन भएका छन्।
त्यस्तै सचिवत्रयमा हेमराज जिमी, अनुप देवान र अजय जिमी चयन भए भने कोषाध्यक्षमा मानबहादुर याक्खा र सहकोषाध्यक्ष विजय सोम्याहाङ चयन भए ।
यसैगरि, सदस्यहरुमा क्रमशः झापाबाट इन्द्रबिक्रम देवान, भीममाया देवान र विष्णुकुमार थायुम, सुनसरीबाट धनकुमारी जिमी, देवराज जिमी र भोलामान जिमी, संखुवासभाबाट कुलबहादुर जिमी, आइतहाङ याक्खा, सीमा सोम्याहाङ, रमेशकुमार जिमी र भोला याक्खा चयन भए ।
त्यस्तै इलामबाट टोमबहादुर याक्खा र इन्दिरा देवान, मोरङबाट आनन्दकुमारी लिंखा, बम देवान र प्रतिबहादुर यक्खा, काठमाडौं उपत्यकाबाट धनबहादुर देवान, देउकृष्ण लिंखा, धनकुटाबाट छत्रबहादुर याक्खा, पशुपति याक्खा, पूर्णप्रसाद लुम्बा याक्खा, पाँचछरबाट गजेन्द्र देवान चयन भएको निर्वाचन मण्डलका अध्यक्ष दुर्गा लिंकाले जानकारी दिए । निर्वाचन मण्डलमा लिलामणि जिमी र सोमा याक्खा सदस्य रहेका थिए ।

निर्वाचित समितिका तर्फबाट अध्यक्ष जिमीले प्रतिवद्धता व्यक्त गरेका थिए भने निर्वाचित समितिलाई प्रत्यासी लहरुमाया र निर्वाचन मण्डल सदस्य एवम संस्थापक छुम्मा अध्यक्ष लिलामणि जिमीले शुभकामना व्यक्त गरेका थिए ।

खेलाडी ,जनप्रतिनिधिहरुलाई सम्मान
शनिबार सम्पन्न खुला सत्रमा ९ औं राष्टृय खेलकुदमा स्वर्ण पदक विजेता विध्या जिमी (भारोत्तोलन), एथलेटिक्सतर्फ ३००० मिटर र १५०० मिटरमा रजत र काश्य विजेता निला जिमी, प्याराग्लाइडिङ राष्टिृय प्रशिक्षक देशवीर जिमी, याक्खा समुदायबाट प्रथम पिएचडी डा. गणेश जिमी, भवन निर्माण समितिका संयोजक नेत्रबहादुर याक्खा, सदस्य मानबहादुर याक्खा, टंक याक्खा, छुम्माका प्रमुख सल्लाहकार गणेशबहादुर देवान र स्थानीय तहमा निर्वाचित याक्खा जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।
लिलबहादुर रोगुको अध्यक्षतामा सम्पन्न महाधिवेशनको खुला सत्र सञ्चालन महासचिव दिपक याक्खाले गरेका थिए भने स्वागत उपाध्यक्ष लहरुमाया जिमीले गरेका थिइन् ।

Leave a Reply

Your email address will not be published.