चुम्लुङ कनकाईको नयाँ नेतृत्व ,अध्यक्षमा फोम्बो

झापा,२५ चैत । किरात याक्थुङ चुम्लुङ कनकाई नगर शाखाको नयाँ नेतृत्व चयन भएको छ । शनिवार सम्पन्न चौथो नगर अधिवेशनले प्रेमकुमार फोम्बोको अध्यक्षतामा १६ सदस्यीय नगर कार्य समिति निर्विरोध चयन गरेको हो ।
निर्वाचित समितिको उपाध्यक्षमा निर्मल आङथुप्पो,सचिवमा महेन्द्र कन्दङवा ,सह–सचिवमा सन्तोष आङबुहाङ् र कोषाध्यक्षमा गीता चेम्जोङ चुनिएका छन् । यसैगरि सदस्यहरुमा सविता तबेवुङ, हेमलाल लिवाङ,कान्छालाल लिम्बू ,छत्रबहादुर पालुङ, सविर कन्दङवा, तुलसी वनेम,अर्चना आङबुहाङ,युनिसा साउदेन,मनु चेम्जोङ ,सुशान चेम्जोङ र अमरबहादुर मेन्याङबो चुनिएका निर्वाचन समितिका संयोजक समेत रहेका चुम्लुङ जिल्ला अध्यक्ष शेसेहाङ फियाकले बताए । उनले नवनिर्वाचित समितिलाई प्रमाणपत्र वितरण गर्नुका साथै सपथग्रहण समेत गराएका थिए ।
चुम्लुङ पान्थरको अध्यक्षमा केरुङ
किरात याक्थुङ चुम्लुङ पाँचथर जिल्लाको अध्यक्षमा सुरेन शिशिर केरुङ चुनिएका छन् ।शनिवार पाँचथरको फिदीममा सम्पन्न नवौं जिल्ला अधिवेशनले केरुङको अध्यक्षतामा जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
निर्वाचित समितिको द्धय उपाध्यक्षमा सुवास तुम्वापो,जितेन चेम्जोङ, सचिवमा कमल हाङसरुम्वा, सह–सचिवद्धयमा पुर्ण परिचित जबेगु,कुमार यवा मौसम ,कोषाध्यक्षमा सीमा तुम्वापो लगायत चुनिएका छन् ।

Leave a Reply

Your email address will not be published.