फोहोर मैला अनाधिकृत फ्याँक्ने भ्यान नियन्त्रणमा

पथरी , २२ चैत्र ।मोरङको पथरीशनिश्चरे नगर प्रहरीले अस्पतालबाट निस्किएको फोहोर मैला बोकेको पिकअप भ्यान नियन्त्रणमा लिएको छ ।२० गते राति ९ः४५ बजेको समयमा को २ च ३३२२ नम्बरको अस्पतालको फोहोर बोकेको पिकअप भ्यान नियन्त्रणमा लिएको हो ।
विर्तामोड निवासी लोला मल्लिकको नाममा दर्ता रहेको उक्त गाडी रातिको समयमा नगर प्रहरीले पथरी डम्पिङ साइटमा फोहोर मैला अनलोड गर्ने तयारी गर्दै गर्दा नियन्त्रणमा लिएको थियो ।
डम्पीङसाइटमा आगो लगाएर स्थानीयबासीलाई समस्यामा पार्ने गरेको हुनाले त्यसलाई रेखदेख र नियन्त्रणको लागि नगरप्रहरीको टोली परिचालन हुँदा सो भ्यानसहित केहिलाई पक्राउ गरिएको नगर प्रहरी हवल्दार बलबहादुर गौतमले बताएका छन्।
गाडी चालक विनोद थारु र सहचालक शुसिल चौधरी पनि नियन्त्रणमा लिएर छाडिएको पथरी शनिश्चरे नगरपालिकाको वातावरण तथा फोहोर मैला व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र राईले बताए।
अस्पतालबाट निस्किएको फोहोर मैला कुनै पनि डम्पीङ साइटमा छोडन नहुने र डढाउन नहुने कानुन भएपनि यसअघि पनि यसरी नै अनलोड गरेर डढाउने गरेको नगर प्रहरी राईको आशंका छ ।
फोहोर मैला ब्यवस्थापन ऐन २०६८ अनुसार ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्नेछ । सो घटनामा कोहि कसैको संलग्नता रहेको भेटिए कडा भन्दा कडा कारबाही प्रकृया अगाडी बढाईने पनि शाखा प्रमुख सुरेन्द्र राईले जनाएका छन्।

Leave a Reply

Your email address will not be published.