बुहारी करणी गरेको आरोपमा एकजना पक्राउ

उर्लाबारी, २२ चैत्र । आफ्नै भाइकी श्रीमतीलाई करणी गरेको आरोपमा उर्लाबारीमा एक व्यक्ति पक्राउ परेका छन् ।उर्लाबारी ४ का ३० वर्षीय पौडेल थरका एक व्यक्तिलाई पीडित महिलाको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको हो ।
आफ्नै जेठाजुले गत सोमवार राति १२ बजे २५ वर्षीया महिलालाई मुख तथा घाँटीमा समाती भाग्न, उम्कन र कराउनसमेत नसक्ने गरि बोकी आफू सुत्ने कोठामा जबर्जस्ती करणी गरेकोे जाहेरीमा उल्लेख छ ।
जाहेरी पछि तत्कालै आरोपित पौडेललाई उनकै घरबाट पक्राउ गरि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक देबेन्द्र दासले बताए। उनका अनुसार आरोपीलाई ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ ।

Leave a Reply

Your email address will not be published.