कमलमा क्षयरोग पड्ताल कार्यक्रम शुरु

दमक ,२० चैत । झापाको कमल गाउँपालिकामा “समुदायमा क्षयरोग खोजपड्ताल कार्यक्रम” शुरु गरिएको छ ।पालिकाको स्वास्थ्य शाखाले कमल १ र २ वडा स।मुदायलाई लक्षित गरि क्षयरोग खोजपड्ताल सञ्चालन गरेको हो ।
कमल १ स्थित कमलपोखरी भवनमा आयोजित सो कार्यक्रममा कमल नगर अस्पतालका मेडिकल अफिसर डा. रबिन्द्र शर्माको नेतृत्वमा स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका र कर्मचारीहरु सहितको टोली संलग्न थिए ।
टोलीले त्यहाँका ३८ जनाको खकार संकलन गरि नगर अस्पतालमा खकार जाँचका लागी लगिएको वडाअध्यक्ष श्री केदार कटुवालले दिए । कमल गाउँपालिकाको आयोजनामा राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तर्गत कमलका ७ वटै वडामा क्षयरोग पड्ताल कार्यक्रम सञ्चालन गरिने जनस्वास्थ्य निरीक्षक दिपक दाहालले बताए ।

Leave a Reply

Your email address will not be published.