झापा,१६ चैत । आदिवासी याक्थुङ÷लिम्बूहरुको जातीय संस्था किरात याक्थुङ चुम्लुङको अध्यक्षमा गोबिन्द बहादुर लिम्बू (आङ्बुहाङ) निर्वाचित भएका छन् ।
झापाको भद्रपुरमा आइतवार सम्पन्न तीन दिने १२औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षसहित ३९ सदस्यीय नयाँ संघीय कार्यसमिति निर्वाचित गरेको हो ।
समितिको तीन उपाध्यक्षमा निरन्ती तुम्बापो, योगेन्द्र पालुङवा र चक्र येक्तेन (अभिषेक) र महासचिवमा अमर तुम्याहाङ, उपमहासचिवमा भवानीविक्रम सम्बाहाम्फे, तीन सचिवमा लक्ष्मण लावती (मेची भूगोल), जीवन प्रकाश शेर्मा (कोशी भूगोल) र सङ्गीता सुब्बा (लिम्बूवान भूगोल)र कोषाध्यक्षमा कुमार जबेगु निर्वाचित भएका छन् ।
qxताप्लेजुङ, पान्थर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सङ्खुवासभा, चितवन, ललितपुर, काठमाडौँ, भक्तपुर, ओखलढुङगा र कास्की जिल्ला प्रतिनिधिहरु सम्मिलित महाधिबेशनबाट सदस्यहरुमा गङ्गा राई सेर्मा (झापा), धर्मराज लक्सम्बा (झापा), सरस्वती तुम्बाहाङफे (इलाम) राम कुमार योङहाङ (इलाम) चुनिएका छन् ।
महाधिबेशनबाट निर्वाचित सदस्यहरुमा फूलमाया नेम्बाङ (पान्थर), महेन्द्र कुमार आङदेम्बे (पान्थर), रीता मादेन (ताप्लेजुङ), बालचन्द्र आङबुहाङ (ताप्लेजुङ), सेसेहाङ हुक्पा चोङबाङ (तेह्रथुम), मनकुमार लिम्बू (सङ्खुवासभा) निर्वाचित भएका छन् ।
निर्वाीचत अन्य सदस्यहरुमा कमलदिप तिगेला सुब्बा (धनकुटा), इन्द्र कुमारी आङ्बो (धनकुटा), धनकुमारी लिम्बू (सुनसरी), मोहनकुमार लिम्बू (सुनसरी), प्रवेश मिभक (मोरङ), डिल्लीमाया थोक्लिहाङ योङहाङ ( काठमाडौँ), धनकुमार काम्बाङ (काठमाडौँ), विष्णुमाया सिङ्गक (ललितपुर), टेकबहादुर लावती (ललितपुर), राम बहादुर लिम्बू (भक्तपुर), सीता हुक्पा चोङबाङ (भक्तपुर) रहेका छन् ।
लिम्बूवान प्रदेशबाट मधुराज केरुङ (पिएचडी) टङ्क माया लिम्बू, नरेन्द्र राज केरुङ, जितेन साङसेन पन्धाक, सागर केरुङ, मुना लिम्बू , नेवा ताम्सालिङ प्रदेशबाट भिमप्रसाद सुब्बा, रामकुमार सम्बाहाम्फे निर्वाचित भएका छन् ।
१२ औँ महाधिवेशनको बन्द सत्रले लिम्बूवान आन्दोलनः कोशी नाम खारेजी र लिम्बूवान स्थापनाको कार्यदिशा, राज्यको अतिवादी धार्मिक दलाल पूजीवादी अतिक्रमण विरुद्ध मुक्कुम्लुङ बचाउ आन्दोलन, नेपालमा आदिवासी अधिकार तथा संस्था ऐनको आवश्यकता, याक्थुङ समुदायको मृत्यु संस्कार परम्परा, विचलन र प्रभाव, याक्थुङ भाषा, शिक्षा, डिजिटलाइजेसनको वर्तमान अवस्था सम्बन्धी छलफल भई बिभिन्न प्रस्ताव पारित गरेको छ ।
महाधिवेशन पछि आइतवार झापामा आयोजित पत्रकार सम्मेलनमा महाधिवेशनले १८ बुँदे प्रस्ताव पारित गरेको नवनिर्वाचित महासचिव अमर तुम्याहाङले जनाएका छन् । उनका अनुसार महाधिबेशनले प्रदेश १ को नाम कोशी राखिएकोमा सो प्रति असहमति प्रकट गर्दै ‘लिम्बूवान, किरात’ प्रदेश हुन पर्ने माग दोह¥याएको छ ।
प्रदेश सभामा भएको लिम्बू र मैथिली सरकारी कामकाजको भाषा विधेयक अविलम्ब पारित गर्नू पर्ने माग पनि महाधिवेशनले माग गरेको छ ।
याक्थुङ–लिम्बू आदिवासीहरूको थातथलो प्रथाजनित पुख्र्यौली आस्थाको पवित्र भूमि मुक्कुम्लुङमा केबलकार निर्माण गर्न राज्यले सशस्त्र सुरक्षा बल खटाइ मुन्धुमी आध्यात्मिक क्षेत्रको सैनिकीकरण गरी सन्त्रासपूर्ण वातावरण बनाएकाले राज्यले ती सुरक्षा फौज तुरुन्त हटाउन महाधिवेशन माग गरेको छ ।
