हर्क साम्पाङद्वारा साइबर ब्युरोमा उजुरी

झापा,१६ चैत । श्रम, संस्कृति पार्टीका अध्यक्ष एवं नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत आफलाई ज्यान मार्ने र घर जलाउने धम्की दिएको भन्दै कानुनी उपचार खोजेका छन् ।

आफूविरुद्ध टिकटकमा हिंसात्मक अभिव्यक्ति दिने महिलालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै उनले सोमबार नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका हुन् ।
साम्पाङले सुनिता खड्का नामकी महिलाले टिकटकमा सार्वजनिक रूपमै आफूलाई मार्ने र घरसमेत जलाइदिने धम्की दिएको दाबी गरेका छन्। उजुरीमा उनले ती महिला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समर्थक रहेको समेत उल्लेख गरेका छन्।

“अत्यन्तै पाशविक शैलीमा गालीगलौज गर्दै ज्यान मार्ने र घर जलाउने धम्की दिइएकोप्रति ब्युरोको ध्यानाकर्षण गराउन चाहन्छु,” साम्पाङले उजुरीमा भनेका छन्, “आम सञ्चारमार्फत यस्तो धम्की दिने व्यक्तिलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कानुनी कारबाही चलाउन अनुरोध गर्दछु।”

Leave a Reply

Your email address will not be published.