दमकमा चैत २३ देखि ४ बैशाखसम्म दशौ फूडफेस्टिवल

दमक, १७ चैत । झापाको दमकमा यहि २३ देखि बैशाख ४ गतेसम्म दशौं दमक फूड फेस्टिवल–२०८० हुने भएको छ । होटल व्यवसायी संघले बर्षेनी आयोजना गदैआएको फूडफेस्टिवललाई यसवर्ष पनि निरन्तरता दिई तयारी तीव्र पारिएको अध्यक्ष योगराज दंगालले बताए । विस. २०७१ सालदेखि दमकको व्यवसायिक पर्यटन,प्रवद्र्धनका लागि फूडफेस्टिवल आयोजना गरिआएको छ ।
संघले आज दमकमा पत्रकार सम्मेलन गरि दशौं संस्करणका रुपमा रहेको यस फेस्टिवल सम्पन्न गर्न धमाधम तयारी तीव्र पारिएको उहाँले जानकारी दिए । दमक–७ स्थित पशुहाट मैदानमा हुने सो फेस्टिवलमा करिव १ लाख सर्वसाधारणले अवलोकन गर्ने तथा त्यसबाट रु ५० लाख बढीको कारोवार हुने अनुमान गरिएको संघका कोशी प्रदेश अध्यक्ष राजन दङगालले बताए ।
फेस्टिवलमा स्थानीय आदिवासी राजवंशी,ताजपुरिया,धिमाल,राई,लिम्बू,गुरुङ लगायतका जनजातिका दुई दर्जन बढी खाद्य परिकारका स्टलहरु रहने छन् भने दैनिक स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको सांगीतिक प्रस्तुति रहने जनाईएको छ ।
फेस्टिवल अवधिमा दमकमा आउने पर्यटकलाई लक्षित गरि स्थानीय होटल तथा लजमा आर्कषक छुटको समेत व्यवस्था गरिएको कार्यक्रम संयोजक भुपेन्द्रप्रसाद न्यौपानेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.