कोल्बुङमा ट्यांकर पल्टिँदा एकको मृत्यु

इलाम,१७ चैत । पानी बोक्ने ट्यांकर दुर्घटना हुँदा इलामको रोङमा एकजनाको मृत्यु भएको छ ।गएराति रोङ गाउँपालिका ३ कोल्बुङस्थित मेची राजमार्गबाट मार्से जाने सडकबाट खसेर मे १ त २४०८ नम्बरको ट्यांकर दुर्घटनामा परेर इलाम नगरपालिका–४ का गणेश लिम्बूका छोरा १७ वर्षीय रञ्जित लिम्बूको मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।
त्यही ट्यांकरमा काम गर्ने लिम्बूको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले बताए ।ट्यांकर चालक ३६ बर्षीय मनोज राई घाइते भएका छन् । उनलाई उपचारका लागि झापातर्फ ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published.