दमक,१७ चैत । दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन नजिकिएसंगै दमक क्षेत्र न. ५ (वडा न. ८ ) बाट उम्मेदवार भएका युवा व्यक्तित्व रवि न्यौपाने खत्री (केसी )को चर्चा चुलिएको छ । यहि चैत २३ गते हुन गईरहेको दमक खानेपानीको निर्वाचनमा उनले आफनै वडाबाट उम्मेदवार भएका हुन् ।
राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय युवा व्यक्तित्व केसी पेशाले इटा उद्योगी हुन् । लामोसमयदेखि उनले इटा उद्योग सञ्चालन गरिआएका छन् । दमकमा निकै लोकप्रिय नाम कमाएका उनले पेशा,व्यवसायसंगै सामाजिक क्षेत्रमा थप योगदान पुरयाँउनका लागि दमक खानेपानीको आसन्न निर्वाचनमा सवै उपभोक्ताहरुको साथ र सहयोगबाट आफूले उम्मेदवारी दिएको बताउँछन् । दमकको विभिन्न सामाजिक , व्यवसायिक क्षेत्रमा योगदान पुरयाँउदै आएका उनले यहि सेरोफेरोमा थप जिम्मेवारी लिन आफूले उम्मेदवारी दिएको स्पष्ट पार्छन् । खानेपानीको मुद्या समाधान गर्ने गर्ने साझा लक्ष्यका साथ आफूले उम्मेदवारी दिएको उनको जिकीर छ ।
वडाभित्रका घरदैलो चुनावी अभियानमा रहेका उनले यस किसिमको छोटो भेटघाटले आत्मीयतासंगै वडाको अनेकौ समस्या सुन्ने,देख्ने अवसर समेत वटुलेको बताउँछन् । आम उपभोक्ताहरुबाट अत्यन्त सद्भाव संगै सहयोग प्राप्त गरेको बताउदै उम्मेदवार केसीले खानेपानी संस्थालाई उपभोक्ताको हितमा पुरयाँउन आफूले जोडबलका काम गर्ने प्रतिवद्धता व्यक्त गर्छन् । दमकमा खानेपानीको अनेकौ समस्या भएकाले त्यस्ता हरेक समस्यालाई इमान्दारिता,कर्तव्यनिष्ट भएर राजनीतिक भन्दा माथि उठेर काम गर्ने उनको भनाई छ । उनी भन्छन् ,–‘ दमकमा खानेपानीको समस्या समाधान गर्न मेरो ध्येय हुने छ ,यसका लागि पनि मेरो उम्मेदवारी हो ।’
दमकमा खानेपानीको समस्याका बारे आफू जानकार भएकाले पनि आफू निर्वाचित भएपछि आफूले खानेपानीका क्षेत्रमा धेरै काम गर्ने विश्वास व्यक्त गर्छन् । खानेपानीको स्वच्छतासंगै दमकका १० वटै वडामा खानेपानी पुरयाँउनेदेखि चौविसै घण्टा पानीको उपलव्धता, महषुलको पुनरावलोकन लगायतका सरोकारका क्षेत्रमा काम गर्नुपर्ने देखिएको उनको बुझाई छ । भन्छन्, –‘ खानेपानीमा साच्चै काम गरेर देखाउने आत्मविश्वास छ ,त्यसका लागि पनि यहाँहरुको सहयोगको अपेक्षा राखेको छु ’