फूटबलका पूर्व राष्ट्रिय खेलाडी देवानले खोले ‘माया क्याफे’

दमक ,१३ चैत । दमकका सामाजिक अगुवा गजु देवानले युवा पारखीहरुलाई लक्षित गरि क्याफे सञ्चालनमा ल्याएका छन् । दमक चौंकको भक्त (भिसी) सपिङ्ग कम्प्लेक्समा उनले शुक्रवारदेखि सुविधासम्पन्न ‘माया क्पाफे’ सञ्चालनमा ल्याएका हुन् ।

रामनवमीको विशेष अवसर पारेर फूटबल खेलका पूर्व राष्ट्रिय खेलाडी देवानले युवा पारखीहरुलाई लक्षित गरेर व्यवसायिक रुपमा क्याफे खोलेका हुन् ।
उनका अनुसार पछिल्लो समय क्याफे एसीसहितको सुन्दर वातावरणीय रहेकाले पनि क्याफेले उपलव्ध गराउने सवै सेवाहरु उपभोक्ताहरुको मन जित्ने छ । क्याफेमा विशेष गरि कफीका छुट्टै स्वाद संगै आनन्द महषुष गर्ने छन् ।

दमकमा निकै लोकप्रिय बन्दै गएको क्याफेको जीवनशैलीमा छुट्टै व्यवस्थापनमा खोलिएको यस क्याफेले युवाहरुको मन जित्ने दमक तेक्वान्दो डोजाङका अध्यक्ष जितु धिमालले बताए ।

राजनीति रुपमा नेपाली कांग्रेस दमक- १ का सभापति , दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सदस्य लगायतका विभिन्न सामाजिक क्षेत्रमा सक्रिय देवानले आफना दिवंगत श्रीमतीको स्मृतिमा माया क्याफे खोलेका हुन् । तीनवर्ष अघि श्रीमती गुमाएपछि समाजसेवी देवानले दमकमै किरात राई यायोक्खाको कार्यालय परिषरमा प्रवेशद्धार निर्माण गरिदिएका छन् ।

Leave a Reply

Your email address will not be published.