विश्वासिलो शाकोसको बार्षिकोत्सवमा वृक्षरोपण

दमक,१२ चैत । दमक -६ मा रहेको विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले आज आफनो १५ औ बार्षिकोत्सवका अवसर पारेर वृक्षरोपण गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत दमक -१ स्थित किरात राई यायोक्खाको साकेला थान परिषरमा धुप लगायतका फलफूलका विरुवाहरु वृक्षरोपण गर्नुका साथैं २० थान गमला हस्तान्तरण गरिएको अध्यक्ष असिम राईले जानकारी दिए ।
वृक्षरोपण विशेष कार्यक्रममा संस्थाका अध्यक्ष राईसहित सञ्चालक समितिका सचिव सुमन थुलुङ, व्यवस्थापक दिनेश दाहाल, सल्लाहकार संयोजक विक्रम थाङदेन, यायोक्खाका कार्यवहाक अध्यक्ष धनजीत राई, उपाध्यक्ष ज्ञानबहादुर राई, सहकारी सञ्चालक समितिका पदाधिकारी, सदस्यहरु, कर्मचारी, शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।
बार्षिकोत्सव आयोजित सो कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वक्ताहरुले सहकारी संस्थाहरुले बचत तथा ऋणको कारोवार मात्र नगरेर समुदाय केन्द्रीत आर्थिक तथा सामाजिक शसक्तीकरणको क्षेत्रमा समेत काम गर्न खाँचो रहेको औल्याएका थिए ।
संस्थाले बार्षिक कार्यक्रम अन्तर्गत बार्षिकोत्सवमा सदस्य केन्द्रीत विभिन्न सामाजिक कार्यहरु गरिआएको छ ।

Leave a Reply

Your email address will not be published.