प्रहरीका १४१ जना डिएसपीको सरुवा, दमकमा थापा आउदै

झापा ,८ चैत । नेपाल प्रहरीका १४१ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)को एकसाथ सरुवा भएको छ। प्रहरी महानिरीक्षकको चैत ७ गतेको निर्णयअनुसार चैतदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
जसअनुसार इलाका प्रहरी कार्यालय दमकमा नेपाल प्रहरी शिक्षालय पाठ्यक्रम विकास शाखा भरतपुरबाट निशान थापा आउने भएका छन् । हालका डिएसपी मनोजकुमार लामाको अख्तियार अनुसन्धान दुरुपयोग आयोगमा सरुवा भएको छ ।
यसैगरि, इलाका प्रहरी कार्यालय काँकरभिट्टामा नेपाल प्रहरी प्रधान कार्यालयबाट निमबहादुर लामा आउने भएका छन् , भने काँकरभिट्टाका डिएसपी दीपक भारतीको साइबर अपराध अनुसन्धान शाखामा सरुवा भएको छ ।
त्यस्तै यसअघिका डिएसपी खगेन्द्र प्रसाद रिजाल अनिवार्य अवकाश भएपछि खाली रहेको जिल्ला प्रहरी कार्यालय झापामा कृष्णकुमार चन्द आउने भएका छन् । उनी प्रहरी वृत्त चापागाउँ ललितपुरबाट आउने भएका हुन् । डिएसपी खगेन्द्रप्रसाद रिजाल सेवा निवृत्त भएपछि जिल्ला प्रहरी कार्यालयमा डिएसपी थिएनन्, ।
त्यस्तै इलाका प्रहरी कार्यालय बिर्तामोडमा प्रकाश विष्ट आउने भएका छन् । उनी जिल्ला प्रहरी कार्यालय कंचनपुरबाट आउने भएका हुन् । हालका डिएसपी सुरज कार्कीको जिल्ला प्रहरी कार्यालय नुवाकोट सरुवा भएको छ ।

Leave a Reply

Your email address will not be published.