दमकमा धितोपत्र बजार सम्बन्धी लगानीकर्ता शिक्षा

दमक ,८ चैत। विश्व वित्तीय सप्ताहका अवसर पारेर आज झापाको दमकमा शेयर धितोपत्र बजार सम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल धितोपत्र बोर्डबीच भएको सम्झौता अनुसार दमक उद्योग वाणिज्य संघको सभाकक्षमा संघ, धितोपत्र बोर्ड र सेक्युर्ड सेक्युरिटिजको संयुक्त आयोजनामा भएको कार्यक्रममा शेयर बजार बारे आवश्यक शिक्षा लिन इच्छुक व्यवसायी तथा विभिन्न कलेजमा अध्ययनरत बिद्यार्थीहरुको उल्लेखिय सहभागिता थियो ।

दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ (गोपाल)को अध्यक्षता र दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँको प्रमुख आतिथ्यमा भएको उदघाटन कार्यक्रमका वक्ताहरुले वर्तमान डिजिटल युगमा भईरहेको शेयर सम्बन्धिको कारोबारका माध्यमबाट पनि आम्दानी गर्न सकिने बताए । सुझबुझसहित शेयर कारोबारमा लाग्नुपर्ने उनीहरुको जोड थियो ।
सो अवसरमा नेपाल धितो पत्र बोर्डका धितोपत्र बोर्डकी उपकार्यकारी निर्देशक दिपा दाहाल र सहायक निर्देशक अशोककुमार विष्टले धितोपत्र कारोबार सम्बन्धि कानुनी व्यवस्थाहरु, यसको बजार अवस्था आदि बिषयमा सहजिकरण गरेका थिए ।
सो अवसरमा कमल गाउँपालिका वडा नं ३ का वडाध्यक्ष अग्नी कोइरालाको पनि विशेष आतिथ्य रहेको थियो भने संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का, तृतीय उपाध्यक्ष रुवल अधिकारी लगायत संघका कार्यसमिति सदस्यहरु, सल्लाहकारहरु लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.