
कमल,२६ फागुन । नेपाली कांग्रेस कमल ५ वडा समितिले संगठन विस्तारका क्रममा आज दुई वटा टोल समिति गठन गरेको छ । पार्टीको वडा कार्यालय मंगलवारेमा पार्टी कार्यकर्ताहरुको आज सम्पन्न टोल भेलाले मंगलमय र पाथीभरा टोल समिति गठन गरिएको वडा सचिव अनुप खड्काले बताए ।
उनका अनुसार कांग्रेस मंगलमय टोल समितिको सभापतिमा राजु सापकोटा,उपसभापतिमा लीलाबहादुर निरौला,सचिवमा ऋषि राई,सहसचिवमा कुमारी पौडेल र कोषाध्यक्षमा सागर ठटाल चुनिएका छन् । १३ सदस्यीय गठित टोल समितिको सदस्यहरुमा राधाकृष्ण्ण तिवारी, रोहन मण्डल,डम्बरकुमारी लिम्बू, मिरा भण्डारी,सुस्मिता बिक,गीता बिक,शंकर श्रेष्ठ र तस्विर अधिकारी चुनिएका छन् ।
यस्तै, सोहि टोल भेलाले सवनम लिम्बू (किरण ) को सभापति रहेको पाभीभरा टोल समिति गठन गरिएको छ । गठित समितिको उपसभापतिमा सन्दिप श्रेष्ठ,सचिवम रिता लिम्बू,सहसचिवमा भानु निरौला चुनिएका छन् । १५ सदस्यीय गठित समितिको सदस्यहरुमा काजी आङदेम्बे,रविन लावती,सिताराम राजवंशी, इन्दिरा लिम्बू, गणेशकुमार गुरुङ,गोपाल विश्वकर्मा,दिनेश पण्डित लगायत रहेका छन् ।
पार्टीका पूर्व आमन्त्रीत केन्द्रीय सदस्य दिलीप राईको प्रमुख आतिथ्यता तथा कांग्रेस कमल ५ का सभापति चन्द्रसिंह राईको अध्यक्षतामा भएको भेलामा जिल्ला प्रतिनिधि सरस्वती सेढाई,कांग्रेस झापाका पूर्व सभापति पूर्णानन्द शर्मा, कांग्रेस प्रदेश ( ख) का सचिव देवी आङदेम्बे, कांग्रेस लखनपुरका पूर्व सभापति ऋषिकेश सुवेदी लगायतका नवगठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई खादा ओढाएर पार्टी संगठन निर्माणको शुभकामना दिएका थिए । यसअघि वडाले सिम्ले,चाँजुमा टोल समिति गठन गरेको छ भने वडाका थप चार वटा क्षेत्रमा छिट्टै टोल समिति गठन गरिने सभापति राईले बताए ।