दमक ,११ फागुन । दमक उद्योग वाणिज्य संघले आफना सदस्यहरुलाई लक्षित गरि करदाता शिक्षासहित अन्तरकृया कार्यक्रम सञ्चालन गरेको छ ।विहिबार संघको आफनै सभाहलमा एक कार्यक्रम गरि करदाता शिक्षा सम्बन्धी अभिमुखीकरण प्रदान गरिएको हो । अभिमुखीकरण कार्यक्रम दमकस्थित आन्तरिक राजस्व कार्यालयको सहकार्यमा गरिएको थियो ।
त्यस अवसरमा राजस्व कार्यालय दमकका प्रमुख लवकुमार अधिकारीले करका विभिन्न विषयमा जानकारी गराएका थिए । कर शिक्षा हरेक व्यवसायीका लागि उपयोगी हुने सहजकर्ता अधिकारीले जोड दिए ।
संघका अध्यक्ष गोपाल गुरागाईको अध्यक्षतामा भएको सो अभिमुखीकरणमा तीन दर्जन बढी व्यवसायीहरुको सहभागिता रहेको थियो । संघको राजस्व परामर्श उपसमितिको संयोजनमा भएको सो कार्यक्रममा सहभागिहरुले करका विषयमा राजस्व कार्यालय प्रमुख अधिकारीसंग आआफना जिज्ञासा राखेका थिए । नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेपछि औपचारिक रुपमा यो नै पहिलो कार्यक्रम भएको बताईएको छ ।