पथरीमा मल्टि च्याप्टर प्रिईनडक्सन एण्ड लुम अफिसर सेमिनार

पथरीशनिश्चरे, ६ फागुन । मोरङको पथरीमा एक दिवसीय मल्टि च्याप्टर प्रिईनडक्सन एण्ड लुम अफिसर सेमिनार सम्पन्न भएको छ। शनिबार नेपाल जेसीजको सहयोग तथा पथरी जेसीजको आयोजनामा झापा र मोरङका विभिन्न जेसिज शाखाका पदाधिकारीहरुको लागि ुलोकल अफिसर ट्रेनिङ सेमिनार सम्पन्न भएको हो।
सेमिनारमा झापाको दमक, कमलनगर, गौरादह शाखाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो भने मोरङको पथरी, लेटाङ्ग, रमाईलो, उर्लावारी, रतुवामाई शाखाका पदाधिकारीहरुले सहभागिता जनाएका थिए ।
आरती सहकारी संस्थाको सभाहलमा आयोजित सो सेमिनारमा नेपाल जेसीजका प्रमुख ट्रेनर सेवक बजगाईंले प्रशिक्षण दिएका थिए।
प्रमुख प्रशिक्षक सेवक बजगाईं तथा पथरी जेसीजका अध्यक्ष जेसीआई सिनेटर राजकुमार विश्वकर्मासहितले विभिन्न शाखाहरूबाट सहभागिता जनाउने जेसीज पदाधिकारीहरुलाई मायाको चिनो र प्रमाण पत्र प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published.