अटोको ठक्करबाट बालिकाको मृत्यु

झिलझिले ,६ फागुन । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत झापाको शिवसताक्षीस्थित झिलझिले सडकखण्डमा आज साँझ अटो टेम्पोको ठक्करबाट स्थानीय एक जना ९ बर्षिया बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शिवसताक्षी ८ का दिलिप श्रेष्ठकी ९ बर्षिया छोरी शितल श्रेष्ठ रहेको ट्राफिक प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
बाबुले चलाएको साइकललाई अटोले साँझ करिब पौने ७ बजेतिर ठक्कर दिँदा गम्भिर घाईते भएकी शितलको उपचारका लागि बिर्तामोडस्थित विर्तासिटी अस्पताल पुरयाउनसाथ मृत्यु भएको अस्पताललाई उदृत गर्दै ट्राफिक प्रहरीले जनाएको छ । मृतक बालिकाका बाबु दिलिपको सामान्य अवस्थामा उपचार भइरहेको छ ।
ठक्कर दिने अटोका चालक सोही ठाउँका पूर्णप्रसाद भट्टराईलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।…

Leave a Reply

Your email address will not be published.