झापा,२३ माघ । झापाको शिवसताक्षी नगरपाालिका –४ बुलोचोकमा निर्माण गरिएको ‘झापा इनर्जी लिमिलेड’को उद्घाटन भएको छ ।परियोजनाको शिलान्यास भे संविधानसभाका अध्यक्ष स्व.सुवास नेम्वाङले गरेका थिए ।
सौर्य परियोजनाहरूमध्येको ठूलो परियोजनाका रुपमा रहेको झापा इनर्जीको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।झापा इनर्जी लिमिलेडले निर्माण गरेको १० मेगावाट क्षमताको ग्रीडमा जडित सौर्य विद्युत परियोजनाको हो । परियोजना शिवसताक्षी नगरपालिका–४ मा रहेको छ । सौर्य ऊर्जा विद्युत परियोजना झापाको पहिलो विद्युत उत्पादन गृह हो ।
प्रतिनिधि सभा सदस्य एलपी साँवाले अगुवाइ गरेको यो परियोजनाको कुल लागत ८५ करोड रुपैंया रहेको छ । निर्माण सुरु भएको दुई वर्षमा यो परियोजना सम्पन्न भएको हो । परियोजनाका लागि २१ बिगाहा १३ कठ्ठा जग्गा खरिद गरेर निर्माण सुरु गरिएको हो ।
परियोजनाबाट वार्षिक १करोड ७६ लाख १० हजार युनिट विद्युत उत्पादन हुने बताइएको छ । जसलाई १२ करोड ८५ लाख रुपैंयामा विक्री गर्न सकिन्छ । परियोजनाको खरिद विक्री सम्झौता २५ वर्ष हुने बताइएको छ ।