अन्तरपालिका कर्मचारी फूटवल : उपाधिका लागि कमल र शिवसताक्षी भिड्दै

पाडाजुंगी,१९ माघ । झापाको कमल गाउँपालिकामा सञ्चालित अन्तरपालिका कर्मचारी फूटवल प्रतियोगिताको उपाधिका लागि आज शनिवार आयोजक कमल र शिवसताक्षी नगरपालिका भिड्दै छन् ।
कमल गाउँपालिका ५ स्थित गुहेश्वरी आधारभुत विद्यालयको दमक–लखनपुर भेट्रान खेल मैदानमा सञ्चालित प्रतियोगिताको उपाधि खेलमा शिवसताक्षी र कमल गाउँपालिका आमनेसामुने भएका हुन् ।  शिवसताक्षीमा सम्पन्न गतवर्षको छैठौ संस्करणमा कमल गाउँपालिका जिल्ला च्याम्पियन बनेको थियो ।च्याम्पियन बन्ने पालिका  प्रतियोगिताको आयोजक बन्ने प्रावधान छ ।
आयोजक संमितिका सहसंयोजक दिपेन्द्र लामिछानेका अनुसार प्रतियोगिताको उपाधिका लागि आज शनिवार दिनको १ बजे खेल हुने छ । गत माघ ११ गतेदेखि शुरु भएको सो प्रतियोगितामा झापाका १५ वटै पालिकाले भाग लिएको थियो ।
प्रतियोगितामा विजेता टिमले नगद १ लाखसहित ट्रफि ,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले नगद ५० हजारसहित ट्रफि ,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, प्रतियोगितामा म्यान अफ द टुर्नामेन्ट,वेष्टकिपर, वेष्ट डिफेन्डर,हाइस्कोरर खेलाडीलाई जनही ६ हजार ६ सय ६६ रुपिया ट्रफि ,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published.