श्रीमती हत्याको अभियोगमा बिनोद पक्राउ

दमक, १८ माघ । श्रीमतीलाई कुटपिट गरि हत्या गरेको अभियोगमा झापा, दमक नगरपालिका वडा न. ७ का ३४ बर्षिय बिनोद राई पक्राउ परेका छन् ।इलाका प्रहरी कार्यालय दमकका अनुसार इलामको माङसेवुङ घर भई हाल दमक -७ सृजना टोलस्थित काजीमान श्रेष्ठको घरमा भाडामा बस्दैआएका राईले आफनी २८ बर्षिया श्रीमती ममिला राईलाई कुटपिट गरि हत्या गरेका हुन् ।
छिमेकीको घरमा जन्मदिनको भोज खाएर गएराति १ वजेतिर घर आएका बेला राई दम्पत्तीवीच झगडा भएको र झगडाका क्रममा विनोदले श्रीमतीमाथि निर्घात कुटपिट गरेको इप्रका दमकका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले बताए ।
कुटपिटबाट मृत्युभएपछि आज विहान मात्र ७.३० वजे स्थानीयले प्रहरीलाई खबर गरेका र लगत्तै प्रहरीको टोली पुगेर अभियुक्त राईलाई नियन्त्रणमा लिई घटनाका बारे थप अनुसन्धान शुरु गरिएको उनले जानकारी दिए ।
मृतकको अनुहार,टाउकोमा चोट लागेको देखिएको र प्रहरीले शवको मुचुल्का उठाई पोष्टमार्टमका लागि दमक अस्पताल पठाईएको प्रनाउ लामाले बताए ।

Leave a Reply

Your email address will not be published.