विराटनगर,९ माघ । नेपाली कांग्रेसको प्रदेश -१ को प्रमुख सचेतकमा भूपेन्द्र राई चयन भएका छन् । खोटाङ प्रदेशसभा १ (ख) बाट राई निर्वाचित भएका थिए ।
नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा १ बमोजिम राईलाई सचेतक चयन गरेको नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको कार्यालयको पत्रमा उल्लेख छ । कांग्रेस प्रदेश १ का महामन्त्री समेत हुन् । प्रदेश १ मा कांग्रेसका २९ सांसद छन् ।