शिक्षिका सापकोटाको निधन

दमक, ३ माघ । शिवसताक्षी- १ स्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयकी शिक्षिका जीवनकुमारी सापकोटाको आज बिहान निधन भएको छ ।५६ वर्षको उमेरमा बिहान ५ः३० बजे लिभर क्यान्सरबाट उनको घरैमा निधन भएको हो । दमक ५ घर भएकी उनी मावि शिक्षकको दरबन्दीमा नेपाली विषयकी कार्यरत शिक्षक थिइन् । सापकोटालाई केही दिनअघि मेदान्त अस्पतालमा उपचार गरी ल्याईएको थियो । उनका श्रीमान गणेश सापकोटा दमकको बेलडागी रोड स्थित झापा पुस्तक पसलका सञ्चालक हुन् । उनका एक छोरा,एक छोरी छन् ।

Leave a Reply

Your email address will not be published.