आगोले जलेकी वृद्धाको मृत्यु

दमक,२६ पुस । आगोले जलेर घाईते भएकी झापा,कचनकवल -१ की एक जना बृद्धाको मृत्युभएको छ । यसरी मृत्यु हुनेमा कचनकवल १ की ७० बर्षिया हेमप्रभा माझी रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गत पुस २४ गते विहान १०.३० वजे तिर घर बाहिर पराल बालेर आगो ताप्ने क्रममा अचानक वृद्धलाई आगो लागेको थियो ।
शरीरको विभिन्न भागमा जलेर घाईते भई उपचारका लागी भद्रपुरस्थित प्रादेशिक अस्पताल भद्रपुर पठाईएकोमा मंगलवार दिउँसो १ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।

Leave a Reply

Your email address will not be published.