दमक,२६ पुस । दमक- १० मा रहेको सिंहदेबी माध्यमिक बिद्यालयले आफनो ५८ औं बार्षिकोत्सव अवसर पारेर विद्यालयमा योगदान पुरयाँउने उत्कृष्ठ अभिभावक , शिक्षकलाई सम्मान तथा तीन दर्जन बढी जेहेन्दार विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।
पुस २२ गते देखि २५ गतेसम्म आयोजित बार्षिकोत्सव कार्यक्रमका समापनमा उत्कृष्ठ अभिभावकका रुपमा पूर्व जनप्रतिनिधि समेत रहेका डिककुमार राई र शिक्षक ध्रुबराज खड्कालाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यता तथा उपप्रमुख रेगिना भट्टराई प्रसाईको विशिष्ट आतिथ्यताका बीच सम्मान तथा पुरस्कार वितरण लगायतका कार्यक्रम गरि बार्षिकोत्सव मनाईएको विद्यालयका सहायक प्रधानाध्यापक घनश्याम अघिकारीले जानकारी दिए ।
सो अवसरमा विद्यालयमा स्थापना गरिएको नरहरि –पवित्रा अक्षयकोष, पुष्पलाल– खगमाया अक्षयकोष, खगेन्द्र पौडेल स्मृती अक्षयकोष, जंगबहादुर –दुर्गा –पवित्रा अक्षयकोष, बालकुमारी पराजुली अक्षयकोष, ईन्दु –अम्बिका अक्षयकोषबाट बिद्यालयमा अध्ययनरत तीन दर्जन बढी बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
त्यस्तै, विद्यालयका पूर्व विद्यार्थीहरुले र्वबिधार्थीहरुले स्थापना गरेको अक्षयकोष र बिधालयका बिद्यार्थी, शिक्षक तथा कर्मचारीहरुले स्थापना गरेको बिधार्थी कल्याणकोषबाट विभिन्न कक्षाका ३२ जना विद्यार्थीहरुलाई झोला बितरण गरिएको छ । त्यस्तै, क्लव हिमालयन टाईगरले ८ थान डस्विन समेत वितरण गरेको थियो ।
कार्यक्रममा दमक- १० का वडा अध्यक्ष राजेन्द्र प्रसाद भण्डारी पूर्व वडा अध्यक्ष बोधराज न्यौपाने, देवीप्रसाद दाहाल, पूर्व प्रअ रुद्रप्रसाद सुबेदी हिमालय माविका प्रअ द्रोण श्रेष्ठ ,शिक्षक अभिभावक संघका संयोजक नगेन्द्रमणी न्यौपानेले शुभकामना मन्तब्य राखेका थिए ।कार्यक्रममा बिद्यार्थीहरुले नृत्यका साथै बिज्ञान प्रदर्शनीसमेत पनि गरिएको थियो । सो कार्यक्रमका बीच दमक ९ निवासी सामाजिक अगुवा दुर्गा काफलेले १ लाख र स्थानीय अभिभावक हरिप्रसाद खनालले ५० हजार राशीको अक्षयकोषको समेत गरेका छन् ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष डिल्ली प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक सोमप्रसाद बरालले बिद्यालयको नीति तथा कार्यक्रमसहितको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।