-डा.लेखनाथ न्यौपाने
एकै प्रकारका या धेरै प्रकारका कोषहरुको अनियन्त्रित वृद्धि हुनु र शरीरको या शरीरलाई चाहिने पौष्टिक तत्वहरुको सेवनका कारण शक्तिहिन बनाई मृत्युवरण गराउने नसर्ने प्रकारको रोगलाई क्यान्सर अथवा अवुर्द रोग भनिन्छ । यो रोग कुनै पनि उमेरका मानिस र शरीरका कुनै पनि अङ्गमा देखापर्न सक्छ । नसर्ने प्रकृतिको यो रोग विश्वमै महामारीको रुपमा आईरहेको छ । यो रोगले आजको विकसित औषधी विज्ञानलाई समेत चुनौती दिएको छ ।
साधारणतया हरेक जीव अनि वनस्पतीमा कोषको विभाजन(सेल डिभिजन)भइरहने कारण बाट नै हामी सानोबाट ठूलो हुन्छौ । अनि, उमेरसँगै नयाँ कोषको वृद्दिमा कमी हुने र शरीरका अङ्गहरु पनि केहि निस्किृय हुँदै जादा हामी बुढो हुन्छौं । यसरी नयाँ कोषको विकास हुनु र पुराना कोषको मृत्यु हुनु सामान्य हो । यो साधारण प्रकृया हो र जीवन मृत्यको चक्र पनि हो । तर, क्यान्सर रोगमा भने शरीरलाई नचाहिने कोषहरुको अनावश्यक र चाडोचाडो विकास हुने तर ती कोषहरुको मृत्यु नहुने हुँदा हाम्रो शरीरलाई चाहिने आवश्यक प्रोटिन, भिटामिन खनिज र हर्मोन जस्ता तत्वहरुलाई यिनै कोषहरुले खाने गर्छन र आवश्यक कोष वृद्धिमा रोकावट ल्याउछन् । अनि नचाहिने कोष(क्यान्सर जन्य कोष)चाडो चाडो विभाजन पनि हुने गर्छन । फलस्वरुप हाम्रो शरीरको नियमित र सामान्य वृद्धि विकासमा कमी आउछ । रोग प्रतिरोधात्मक क्षमता पनि घटेर जान्छ । यसको फाइदा उठाउदै ती अनियन्त्रित कोषहरुको विकासमा अझै तिव्रता आउँछ र शरीरका अन्य स्थानमा पनि क्यान्सरका कोषहरु फैलिदै जान्छन् । यो अवस्थालाई मेटास्टेसिस भनिन्छ । यो अवस्थामा रोगी धेरै कमजोर भइसकेको अवस्था हुन्छ । र अन्य रोगले पनि समात्छ । उपचार पनि जटिल हुन्छ र निको हुने सम्भावना पनि कम हुन्छ ।
क्यान्सर रोग लाग्नु भन्दा रोग लाग्न नदिनु नै राम्रो हो । क्यान्सर मात्र नभएर अरु रोग लाग्न नदिन हामीले हाम्रो जीवनशैलीलाई सही तरिकाले हिँडाउनु पर्छ । जसरी एउटा बच्चलाई हामी जस्तो सस्कार दिन्छौ त्यस्तै बन्छ । त्यसरीनै हामीले पनि हाम्रा नराम्रा बानी या आदतलई विस्तारै सुधार्दै लैजानुपर्छ । चुरोट खैनी या मातक पदार्थ खाने वानी भए कम गर्दै लगेर छाड्नुपर्छ । सम्झिनु पर्छकी यसले मलाई विस्तारै कालको मुखमा लैजादै छ । हरेक मानिसलाई मर्न देखि डर लाग्छ । हरेक दिन कम्तीमा २ लिटर सफा र शुद्ध पानी पिउने बानी बसाउनु पर्छ । कोल्डड्रिक्स लगायतका पेयपदार्थ लगातार या दैनिकजसो पिउनु हुदैन । रातमा कम्तीमा आठ घण्टा सुत्ने आदत बसाउनुपर्छ । सके साकाहरी हुनसक्नु या मासहारी नै भए पनि मासुजन्य खानेकुरा कम र स्वस्थकर मात्र खानु पर्छ । अनावश्यक मसलाजन्य खानेकुरा कम सेवन गर्नुपर्छ । लामो समयसम्म औषधीको सेवन गर्नुपर्ने भए चिकित्सकको सल्लाहमा मात्र लिनुपर्छ । हरेक दिन व्यायाम गर्नुपर्छ । तनाव कम गर्न जीवन र जगतलाई बुझने प्रयास गर्नुपर्छ । जन्म र मृत्यु चक्र हो खाली हात आउने र खाली हात जाने कुरा बुभ्mन सके तनाव कम हुन्छ । हरेक दिन फलफुल, साकाहारी भोजन, दुध, कोदो, फापर, सिस्नो, च्याउ, सक्खर, फलफुल आदिको सेवन गर्नसके हामी धेरै प्रकारका रोगबाट वच्न सक्छौ ।
………………………………………………………………………………………………………………………………………………….
क्यान्सरका लक्षणहरु : शरीरका कुनै पनि भागमा देखिएका गाठागठी, जो नदुख्ने प्रकारका पनि हुनसक्छन्, हड्ढीमा देखिने अस्वभाविक वृद्धि र दुखाई, अस्वभाविक खोकी अनि रगत या पिप वान्ता, शरीर सुक्दै जानु, महिलाहरुको योनीबाट अस्वभाविक रगत या गनाउने फोहोर पानी बग्नु, तल्लो पेट दुख्नु, स्तनमा अस्वभाविक गाठागुठी देखापर्नु, पुरुषहरुमा पिसाव फेर्दा दुख्नु, पोल्नु, रगत देखापर्नु, खाना निल्न कठिन हुनु, बारबार अड्किनु, खाना अरुची हुनु, रगत मिसिएको वन्ता हुनु, पेट पोल्नु दुख्नु, बारम्बार रगतको कमी हुनु, छाला या मुखका विभिन्न भागमा अनौठा लक्षणहरु देखा पर्न सक्नु या संकेत देखापर्नु, पुरानो घाउ बल्जिनु या निको नहुनु, कोठिको रङ र आकारमा परिवर्तन हुनु, लगातार र कठिन प्रकारको खोकी लाग्नु कमजोरी वढदै जानु क्यान्सरका लक्षण पनि हुनसक्छन् । यसरी नै बारबार टाउको दुख्ने, भारी हुने, रिगंटा लाग्ने, वाकवाकी आउने या वान्ता हुने नाकबाट अस्वभाविक रगत देखापर्ने जस्ता लक्षण मस्तिष्क क्यान्सरका लक्षण पनि हुनसक्छन् । माथि भनिएका लक्षणहरु सबै क्यान्सर रोगका लक्षण नै भन्ने चाहि हुदैन । अन्य विभिन्न रोगका लक्षण पनि यस्तै प्रकृतिका हुन्छन् जस्तै क्षयरोग, अल्सर या अन्य स्नायु सम्बन्धी कुनै रोग । मात्र यस्ता खालका अस्वाभाविक लक्षण देखिएमा सचेत रहनुपर्ने या चिकित्सकसँग परामर्श लिनु उचित हुने कुरा मात्र यहाँ उल्लेख गरिएको हो ।
सबैखाले गाठागुठी भने क्यान्सर हुदैनन् – मानिसको शरीरमा देखापर्ने गाठागुठी मध्ये कम्ती मात्रै क्यान्सर रोगका संकेत बोकेका हुन्छन् । त्यसैले विशेष गरेर औषधी विज्ञानले गाठागुठीलाई २ भागमा वाढेको छ । एउटा क्यान्सर जन्य(कार्सिनोजेनिक) गाठागुठी र अर्को नन क्यानसर(बेनाइन) जन्य गाठागुठी अथवा क्यान्सर नहुने प्रकारका गाठागुठी । डाक्टरको उपचारसम्म नपुगेका या पुगेर पनि क्यान्सर नहुने लक्षण भएका धेरै प्रकारका गाठागुठी या हड्ढी वढेका मानिसहरु देख्न सकिन्छ । त्यसैले यदि कसैलाई माथि भनिएका लक्षण र चिन्ह देखिएमा नजिकैको स्वास्थ सस्थामा जचाएर ढुक्क भएर वस्नु उचित हुन्छ । यदि क्यान्सरको शंखा लागेमा या विरामीलाई पिडा भएमा तुरुन्तै क्यान्सर रोगको उपचार हुने अस्पताल जस्तै विपी कोइराला क्यान्सर अस्पताल भरतपर, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर लगायतका केहि ठूला अस्पतालमा पनि क्यान्सरको उपचार हन्छ, जानुपर्छ । यसमा पनि जान्नै पर्ने कुरा के छ भने यदि क्यान्सर भएको प्रमाणित भयो भने डाक्टरको र स्थानिय सरकारको सिफरिसमा नेपाल सरकारले निस्चित रासिको सहयोग दिदै आएको छ । यदि क्यन्सरको सुरु अवस्थामै अस्पताल पुग्ने हो भने यो रासि भन्दा पनि कमै खर्चले उपचार हुनसक्छ । त्यसैले अन्य अस्पताल या क्लिनिकमा जचाउदा क्यान्सरको शंका लाग्ने वित्तिकै सही ठाउँमा पठाउनु पर्छ । र, यो हरेक चिकित्सक या स्वास्थकर्मीको र जानकार व्यक्तिको कर्तव्य पनि हो ।
क्यान्सर लाग्ने कारणहरु – आजका दिनसम्म आइपुग्दा क्यान्सर यही कारण या यही किटाणु या विषाणुका कारणले हुन्छ भन्ने यकिन तथ्य पत्ता लागेको छैन् । अहिलेसम्मको अध्यायन र विरामीहरुको जीवन शैली र वंशाणुगत अध्ययनका अनुसार क्यान्सर हुनसक्ने कारक तत्वहरु धेरै भेटिएका छन् । त्यस मध्ये वंशाणुगत, खानपान, जीवनशैली, वातावरण र विगतमा भएका रोग र उपचारको क्रममा प्रयोग भएका औषधीहरुको कुप्रभाव प्रमुख कारण देखिएका छन् । धेरैजसो मानिसका शरीरमा क्यान्सर जन्य कोषहरुको केहि अंश रहने पछिल्लो अध्ययनले देखाएको छ । तर यी कोषहरु त्यती बेलासम्म निस्क्रिय रहन्छन जती बेलासम्म हाम्रो शरीरमा रोगसँग लडने रोग प्रतिरोधात्मक क्षमता राम्रो हुन्छ या शरीर हरेक कुरामा स्वस्थ रहन्छ । समय र उमेरसँगै हाम्रो जीवनशैली र कामको प्रकृतिले पनि शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई प्रभाव पारिरहेको हुन्छ । र यसमा अझ साँथ दिन्छ वंशाणुगत रोगहरुले । त्यसमा पनि क्यान्सर भएको पारिवारिक इतिहास छ भने आउदा पिडीलाई यो रोग हुनसक्ने सम्भावना वढी हुन्छ । यसरी नै अर्को महत्वपूर्ण कारण भनेको चुरोट, खैनी या अत्यधिक मदिरा जन्य पदार्थको सेवन । यसरी नै महिलाहरुमा हुने पाठेघर या स्तनको क्यान्सरमा सानै उमेरमा विबाह, धेरै सन्तान जन्माउनु, सुत्केरीमा राम्रो स्याहार र पोषणको कमी, जथाभावी गर्भपतन या असुरक्षित यौनसम्पर्क या यौनरोग जस्ता अनेकन क्यानसर जन्माउने कारण हुनसक्छन् । यसरी नै हामीले दैनिक सेवन गर्ने खानेकुरा अर्को कारण हो ।
आगोमा पोलेको या तेलमा तारेको मासुको लगातार सेवन पनि पेटको या अन्य भागको क्यान्सर हुनेसक्ने एउटा प्रमुख कारण हो । यसरी नै लगातार कुर्सीमा बसेर कामगर्ने, शारीरिक व्यायम नगर्ने तनाव धेरै लिने, राती राम्रोसँग ननिदाउने जंकफुड या बाहिरको खाना धेरै खाने या डाक्टरको सल्लाह विनै धेरै प्रकारको औषधीको सेवनगर्ने गर्दा पनि शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमता घटेर जान्छ । जसका कारण क्यान्सर जन्य कोषहरुको वुद्धि तिब्र रुपमा वढने हुँदा यस्तो भयानक रोगले सताउन सक्छ । यस्तै छालाको क्यान्सरको प्रभाव या कारण वातावरण, केमिकल, विसादी, सौन्र्दयका साधनको जथाभावी प्रयोग, कुनै रोग या घाउको बारबार अपे्रसन, लगातार छालाका रोगमा मल्हमको प्रयोग, परमाणु जन्य वस्तुको बारबार आक्रमण, आवश्यकता भन्दा धेरै घाममा कामगर्ने आदि । यसरी नै समग्र रुपमा क्यान्सरबाट बच्न धुम्रपान या सूर्तिको उपयोग नगरांै । अपरोक्ष धुम्रपानबाट बचौं ( धुम्रपान गर्नेहरु नजिक नबसौं) । अनावश्यक तौल वढ्नबाट बचौं अथवा नियन्त्रण गरौं । शारीरिक रुपमा सक्रिय रहौँ । स्वास्थकर आहार खाऔँ । मद्यपानबाट टाढा रहौँ । नियमित क्यान्सर स्क्रिनिङ गरौँ । अत्यधिक प्रदुषणबाट बचौँ र नियमित उपलव्ध खोप लगाऔं ।
क्यान्सर रोग लाग्नु भन्दा रोग लाग्न नदिनु नै राम्रो हो । क्यान्सर मात्र नभएर अरु रोग लाग्न नदिन हामीले हाम्रो जीवनशैलीलाई सही तरिकाले हिँडाउनु पर्छ । जसरी एउटा बच्चलाई हामी जस्तो सस्कार दिन्छौ त्यस्तै बन्छ । त्यसरीनै हामीले पनि हाम्रा नराम्रा बानी या आदतलई विस्तारै सुधार्दै लैजानुपर्छ । चुरोट खैनी या मातक पदार्थ खाने वानी भए कम गर्दै लगेर छाड्नुपर्छ । सम्झिनु पर्छकी यसले मलाई विस्तारै कालको मुखमा लैजादै छ । हरेक मानिसलाई मर्न देखि डर लाग्छ । हरेक दिन कम्तीमा २ लिटर सफा र शुद्ध पानी पिउने बानी बसाउनु पर्छ । कोल्डड्रिक्स लगायतका पेयपदार्थ लगातार या दैनिकजसो पिउनु हुदैन । रातमा कम्तीमा आठ घण्टा सुत्ने आदत बसाउनुपर्छ । सके साकाहरी हुनसक्नु या मासहारी नै भए पनि मासुजन्य खानेकुरा कम र स्वस्थकर मात्र खानु पर्छ । अनावश्यक मसलाजन्य खानेकुरा कम सेवन गर्नुपर्छ । लामो समयसम्म औषधीको सेवन गर्नुपर्ने भए चिकित्सकको सल्लाहमा मात्र लिनुपर्छ । हरेक दिन व्यायाम गर्नुपर्छ । तनाव कम गर्न जीवन र जगतलाई बुझने प्रयास गर्नुपर्छ । जन्म र मृत्यु चक्र हो खाली हात आउने र खाली हात जाने कुरा बुभ्mन सके तनाव कम हुन्छ । हरेक दिन फलफुल, साकाहारी भोजन, दुध, कोदो, फापर, सिस्नो, च्याउ, सक्खर, फलफुल आदिको सेवन गर्नसके हामी धेरै प्रकारका रोगबाट वच्न सक्छौ ।
उपचार यदि सावाधानी अपनाउँदा पनि रोगले सताउछ भने आप्mनो पारिवारिक चिकित्सकको सल्लाहमा सम्बन्धित अस्पतालमा गएर उपचार गराउनु पर्छ । र, बाँकी जीवनलाई तनाव मुक्त र सेवा भावले विताउनु पर्छ । क्यान्सरका उपचारका अवस्थाहरु रोगीको अवस्था र क्यान्सरको स्टेज(रोग कहासम्म फैलिएको छ)का आधारमा अप्रेशन, किमोथेरापी या सेकाई विधिबाट गरिन्छ । यसरी नै रक्त क्यान्सरमा भने बोनम्यारो(मासी) प्रत्यारोपण या औषधीको सेवन गर्न सकिन्छ । क्यान्सर रोगका कारणलाई कम गर्न र रोगीलाई रोग प्रतिरोधात्मक क्षमता वढाएर जीवन लम्ब्याउन होमियोप्याथिक, आयूर्वेदिक या अन्य प्राकृतिक चिकित्सा पनि पछिल्लो समयमा सहयोगी देखिएका छन् । यसमा पनि लामो अनुसन्धान र खोजबाट जो मानिस होमयिोप्याथिक उपचार गराउछ उसलाई अन्य उपचार विधीबाट उपचार गराउने भन्दा धेरै कम मात्रामा क्यान्सर या अन्य घातक रोग लागेको पाइएको छ । सस्तो सरल र कुप्रभाव कम भएको होमियोप्याथिक उपचारमा क्यान्सरको पनि सुरुमै उपचार पाउन सके ठीक हुने कुरा आप्mनो लामो अनुभवले पनि देखाएको छ ।
महिलाहरुमा सबै भन्दा धेरै देखिने पाठेघर क्यान्सर हो त्यसमा पनि पाठेघरको मुखको क्यान्सर सबैभन्दा धेरै देखिएको छ । पाठेघरका तीन भाग(मुख, बिचको ठूलो भाग र सिरानको भाग) सर्भिक्स, बडी र फुन्ड्स मध्ये मुख(सर्भिक्स) योनी सँग जोडिएको हुन्छ । यसै भागबाट क्यान्सर जन्य कोषहरु फैलिएर अन्य भागम पुग्दा पुरै पाठेघरमा क्यान्सर पैmलिन सक्छ । ह्युमन पेपिलोमा भन्ने भाइरसको संक्रमणका कारण महिलाहरुको पाठेघरमा धेरै क्यान्सर हुनेगर्छ । यो भाइरस सर्नुको मुख्य कारण सानैमा विवाह गर्नु, धेरै सन्तान जन्माउनु, रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु, भाइरस विरुद्धको खोप नलगाउनु, कुनै समस्या भए बेलैमा नजचाउँनु या रोग लुकाएर राख्नु र सबैभन्दा धेरै सम्भावना भनेको एक भन्दा धेरै पुरुषसँग असुरक्षित यौन सम्पर्क राख्नु हो ।
ह्युमन पेपिलोमा भाइरस प्रवेश गरेको केहि दिन या केहि वर्षमै यसले क्यान्सर उत्पन्न गर्दैन । १५ देखि २० वर्षमा मात्र यसले रोग निम्ताउने हुँदा कम्तिमा २ वर्षमा पाठेघरको पानीको जाँच गराउनु सबै भन्दा राम्रो बच्ने उपाय हो । यो जाँच हरेक ठूला अस्पतालमा गरिन्छ र धेरै खर्चिलो पनि हुदैन् । यो भाइरसबाट क्यान्सर उत्पन्न हुने उमेर ४५ वर्ष नाघेका र ६० वर्ष विचमा धेरै देखिएको भए पनि अन्य उमेर समुहमा पनि देखिएको छ । क्यान्सर रोग फैलिने स्टेजहरु भए जस्तै पाठेघरको मुखको क्यान्सरमा पनि स्टेजहरु हुन्छन् । यसको प्रथम अवस्थामा कुनै पनि लक्षणहरु हुदैनन् । दोस्रो अवस्थामा भने योनीबाट पानी बग्ने, ढाड कम्मर दुल्ने, कमजोरी महशुस हुनेगर्छ । तेस्रो अवस्थामा भने माथिका लक्षणसँगै तल्लो पेट दुख्ने, भारी हुने, कमजोरी वढेर जाने, भोक हराउने, क्यान्सर कोषहरु अन्यत्र फैलिएर जाने, ज्वारो आएको महशुस हुने, जण्डिस र रक्तअल्पता देखापर्ने, वान्ता हुने, टाउको दुख्ने जस्ता लक्षण क्रमशः वढेर जानेगर्छ । यो अवस्थामा पनि सहि जाँच र उपचार नभएमा चौथो स्टेज पुग्दा पुग्दै विरामीको मृत्यु हुन्छ । अन्तिम अवस्थाम भने क्यान्सर कलेजो, फोक्सो अनि हड्डीसम्म फैलिन्छ । यो प्रकृयालाई मेटास्टेसिस भनिन्छ ।
पाठेघर क्यान्सर हुनबाट बच्न या भएको भए पनि के कारण बाट भएको रहेछ भनेर पत्ता लगाउन पाठेघरको पानीको(प्याप स्मेयर) जाँच अथवा भिआइए जाँच पनि हो । यी दुबै प्रकारका जाँचको एउटै परिणम हो र यी दुवै जाँच नेपालका धेरै अस्पतालहरुमा गर्ने गरिन्छ । भिआइए र प्याप स्मेयर परिक्षणबाट भाइरसको असर कति भनेर देख्न पनि सकिने हुँदा समय समयमा यसको जाँच गराएमा उपचार सहज र कम खर्चिलो हुन्छ । हाल नेपालमा पनि ह्युमन पेपिलोमा भाइरस विरुद्धको खोप लगाइने गरिएको छ । र यदि क्यान्सर भई हालेमा नेपालमै सबै खाले क्यान्सरको उपचार हुनेगरेको छ । यसमा नेपाल सरकारले आर्थिक सहयोग पनि गर्दै आएको छ ।
बचावट र उपचार – विवाह पहिलानै महिलाले यस विरुद्धको खोप लगाउनु उचित हो । यो खोप १३ वर्ष भन्दा माथिका महिलाले लगाउनु पर्छ । यसरी नै विवाहित या अविवाहित महिलाले पनि कम्तिमा २ वर्षमा पाठेघरको पानीको जाँच गराउनु, धेरैजनासँग यौन सम्पर्क नराख्नु र आफु सधै निरोगी रहने प्रयत्न गर्नु उचित हुन्छ । यदि सो केही पनि गरिएको छैन भने समय समयमा जाँच गर्ने र रोग पत्ता लागेमा समयमा नै क्यान्सर अस्पताल गएर उपचार गराउनु पर्छ ।
महिलाहरुमा दोस्रो धेरै क्यान्सर देखिने अङ्ग हो स्तन । पाठेघर भन्दा सजिलै र सहजै थाहा पाउन सकिने स्तन क्यान्सरको पनि समयमै उपचार भएमा पूर्ण रुपमा स्वस्थ हुन सकिन्छ । स्तन क्यान्सर पत्ता लगाउने सजिलो उपाय भनेको मेमोग्राफी हो । स्तनमा गाठागुठी या कुनै असहजता आएमा या नदुख्ने गाठागुठी देखिएमा तुरुन्तै जाँच गराउनु राम्रो हो । यसैगरी पुरुषको प्रोष्टेट क्यान्सरको शंका भएमा, पिसाव पोलेमा, रोकिएमा रगत देखा परेमा जचाउनु उचित हुन्छ । यस्तै आन्द्रा, फोक्सोमा असर देखिएमा खोक्दा रगत या पिप देखिएमा दिसा पिसवमा रगत, पिप आदि देखिएमा पेटको, पित्त थैलिको या छातिको सिटीस्क्यान या एक्स रे अल्ट्रासाउण्ड(भिडियो एक्रे) आदि बाट पनि केहि हदसम्म पत्ता लगाउन सकिन्छ । अर्को भनेको मुख र छालाको क्यान्सर धेरै भएको पाइएको छ । यसको पनि सानो जाँच गराएर या सम्बन्धित चिकित्सक कहाँ जचाएर ढुक्क हुन सकिन्छ । उपचारपछि पनि चिकित्सकको सल्लाहमा स्वस्थ रहन सक्ने होमियोयाथिक र आयुर्वेदिक औषधि पनि सेवन गर्न सकिन्छ । यसरी समयमा नै रोकथाम र उपचार भएमा क्यान्सरलाई माहामारीको रुपबाट तल झार्न र आफु स्वस्थ्य रहन सकिन्छ । लेखक डा. न्यौपाने दमकका पूराना होमिया चिकित्सक हुन् । )