दमक,१८ पुस । राष्ट्रिय सहकारी बैंकको १९औं वार्षिक साधारणसभाबाट १५ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा समिति निर्वाचित गरेको छ ।आइतबार सम्पन्न सभाले केबी उप्रेतीको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति र लक्ष्मी प्रसाद उप्रेतीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचित गरेको हो ।
सञ्ंचालक समिति सदस्यमा प्रदेश नम्बर १ बाट महेन्द्र कुमार गिरी, मधेश प्रदेशबाट विश्वनाथ मण्डल, बागमती प्रदेशबाट रामहरि बजगाईं, गण्डकी प्रदेशबाट रामबहादुर जिसी, कर्णाली प्रदेशबाट कालिबहादुर महतारा, लुम्बिनी प्रदेशबाट विजया धिताल र सुदूरपश्चिम प्रदेशबाट शिवा थापा निर्वाचित भएका छन् । त्यसैगरी खुल्ला सञ्चालक सदस्यमा केदार मानन्धर, माधवलाल देवकोटा, धु्रवराज बिष्ट, मनोजकुमार थापामगर निर्वाचित भएका छन् । बैंकको महिला सञ्चालकहरुमा अमृता सुब्बा, तारा गुरुङ र पार्वती थापा निर्वाचित भईन् ।
लेखा सुपरीवेक्षण समितिको संयोजकमा लक्ष्मी उप्रेती चयन भए भने सदस्यहरुमा केशवप्रसाद सापकोटा र चन्द्रकुमारी पराजुली चुनिए ।राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव प्रसाद बडालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष दीपक प्रकाश बाँस्कोटा, सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डित लगायतको आतिथ्यता रहेको थियो ।