दमक,१८ पुस । नेपाल किसान महासंघ झापाले जाडोका कारण कमजोर वर्ग अतिप्रभावित भएको भन्दै राहतको व्यवस्था गर्न सरकारसंग माग गरेको छ ।महासंघको जिल्ला टोलीले सोमबार जिल्ला प्रशासन कार्यालय झापामार्फत स्थानीय ,प्रदेश तथा संघीय सरकारको ध्यानाकर्षण गराउदै अविलम्ब राहत प्रदान गर्न माग गरिएको हो ।
महासंघले ज्ञापनपत्र बुझाउदै शीतलहरबाट अतिविपन्न,मजदुर,किसान, बालबालिका ,सुत्केरी तथा ज्येष्ठ समुदाय प्रत्यक्ष प्रभावित हुदैआएकाले त्यस्ता वर्गलाई लक्षित गरि राहतको व्यवस्था गर्न माग गरिएको महासंघका जिल्ला अध्यक्ष राजेन्द्र भट्टराईले बताए । ज्ञापनपत्रमा भनिएको छ,–‘जाडोमा नागरिकको जीवनरक्षा गर्न सम्बद्ध निकायले ध्यान दिनुपर्छ ’
महासंघले जाडोबाट जोगाउन दाउरा तथा कम्लव वितरण गर्न माग गरिएको उल्लेख छ । महासंघले जाडोका कारण समस्यामा परेका समुदायलाई पुरयाँईने राहत कार्यमा आफनो तर्फबाट समेत मिलेर काम गर्ने जनाईएको छ । ज्ञापनपत्रमा महासंघका अध्यक्ष भट्टराईसहित सचिव मेदनीप्रसाद सिटौलाको हस्ताक्षर रहेको छ ।