‘ संसद अवरुद्ध संसदीय मूल्य मान्यताकै उपहास’

दमक,१७ पुस । नेपाली काङ्ग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बेले अब पार्टी नेतृत्वले कुनै पनि बहानामा जिम्मेवारीबाट च्युत हुन नसक्ने बताएका छन् ।
१४ औ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको लामो खारिएको अनुभव र युवा पुस्ताको सक्रियताले पार्टीलाई नयाँ उर्जा दिने पनि उनको बिश्वास छ ।
गृह जिल्ला पाँचथर पुगेर काठमाडौ फर्किने सिलसिलामा शनिवार झापाको दमक आईपुगेका नेता आङ्देम्बेले वंशवादी र पुरातनवादी जडशुत्रबादी सोचको अन्त्य भईसकेको पनि उल्लेख गरे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीको दुइतिहाई बहुमतलाई समेत आफै अवमूल्यकन गर्दै आम जनताको परिवर्तन , उपलब्धीमाथी कुठाराघात गरेको टिप्पणी गरे ।
उनले एमालेले लगातार संसद अवरुद्ध गरेर संसदीय मूल्य मान्यताको उपहास गर्दै संसदलाई बन्धक बनाएको पनि आरोप लगाए । पार्टी भित्रको आन्तरिक विषयमा केन्द्रित हुँदै लोकतान्त्रिक मूल्य मान्यता अनुरुप १४ औ महाधिवेशन सम्पन्न गरेको दाबी गरे । उनले काङ्ग्रेस नेतृत्व चयनका क्रममा अपनाइएको लोकतान्त्रिक प्रक्रियाले आज नेपाली राजनीतिमा नयाँ उदाहरण प्रस्तुत गरे ।
आन्तरिक निर्वाचनको तितो मिठो अनुभवलाई सबै तह तप्काका नेता, कार्यकर्ताले बिर्सिएर नयाँ सोच , बिचारका साथ सक्रिय हुन नसके कुनै पनि नयाँ उपलब्धि हात पार्न नसकिने तर्फ सचेत हुन कार्यकर्ताहरुलाई निर्देशन पनि दिए ।

Leave a Reply

Your email address will not be published.