अध्यक्ष श्रेष्ठद्धारा बगाहा चौधरी महाराजाको शालिक

गौरीगञ्ज, १७ पुस । झापा, गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले आफना दिवंगत आमाबुबाको स्मृतिमा गौरीगञ्ज २ मा बगाहा चौधरी महाराजको शालिक स्थापना गरेका छन् ।
श्रेष्ठले आफ्नो बुवा स्वर्गीय भाईराजा श्रेष्ठ र आमा स्वर्गीय खेम कुमारी श्रेष्ठको स्मृतिमा स्तम्भसहितको शालिक अनावरण निर्माण गरि आज शनिवार औपचारिक रुपमा अनावरण समेत गरे ।
उनले व्यक्तिगत खर्चमा उक्त बगाहा चौधरी महाराजको स्तम्भसहित शालिक निर्माण गरिएको बताए । शालिक अनावरणका क्रममा अध्यक्ष श्रेष्ठले भने – ‘राज्यबाट आफुले पाएको सेवा सुविधाको रकम यसै शालिक निर्माणमा लगाएको हुँ । जुन चुनावका बेला मैले राज्य कोषबाट कुनै सेवा सुविधा लिन्न भनेको थिए ।’
स्थानीय ठाउँ र सांस्कृतिक धरोहरलाई संरक्षण गर्नु प्रत्येक नागरिकको कर्तव्य भएकाले सोहि अनुरूप आफुले पनि बगाहा चौधरी महाराजको शालिक र स्तम्भ निर्माण गरी यस ठाउँको ईतिहासलाई जोगाई राख्न सानो सहयोग गरेको उनको भनाई थियो ।
उक्त स्तम्भ निर्माण गर्न रु ५ लाख २५ हजार रूपैयाँ खर्च भएको वार्ड नं २ का वडा अध्यक्ष अघ्नुप्रसाद राजवंशीले बताए ।
बगाहा चौधरी महाराजको नाममा महाराजथान स्थापना गरी शक्ति पीठको रूपमा स्थानीय आदिवासी समुदायले पुजाआजा गर्दै आएको ऐतिहासिक देवस्थल हो । वगाहा चौधरी महाराजकै नामले उक्त स्थानको नाम बगाहा चौधरी बजारको नाममा प्रचलित छ ।

Leave a Reply

Your email address will not be published.