दमक ,१७ पुस । दमक ६ थानारोडमा रहेको ग्यारेज क्याफेले ग्राहकहरुलाई लक्षित गरेर सेवा विस्तार गरेको छ ।खाजाको दुनियाँमा छोटो समयमानै निकै लोकप्रिय बनेको यस क्याफेले खाजाका विभिन्न परिकारसहित स्वच्छ र ताजा जुस ,बबल टि र ब्रेड आइटम समेत थपेर सेवा सञ्चालनमा ल्याईएको हो ।
सातादिन अघिदेखि क्याफेले एकैसाथ आर्कषक व्यवस्थापनका साथ ती सेवा सञ्चालनमा ल्याएको झापा,शिवसताक्षी दुधेका सञ्चालक लुका राईले बताए । उनका अनुसार क्याफेको भुईतलामा आर्कषक सजीसजावट संगै सुलभ मूल्यमै सेवा उपलव्ध गराइएको छ ।
पछिल्ला समय दमकमा क्याफे खुल्ने क्रम बढ्दै गएपनि गुणस्तरिय सेवा दिन नसक्दा कतिपय क्याफेहरु बन्दनै हुने अवस्थामा पुगेको उनको अनुभव छ । व्यवसायसंगै सामाजिक कार्यमा सक्रिय ३५ बर्षिय राईले आफनो क्याफेले गएको दुई वर्षमा नै ग्राहकहरुको मन जित्न सफल भएको बताउँछन् । ग्यारेजले क्याफेको दुनियामा आफनो छुट्टै ब्राण्ड कमाएको उनको दावी छ ।
क्याफेले युवा पुस्तालाई लक्षित गरेर सेवा दिदैआएको र क्याफे उद्यमशीलता तर्फ युवाहरुलाई प्रोत्साहन दिन कफि लगायतका तालीमको समेत व्यवस्था गरिआएको उनले बताएका छन् । ग्यारेजले अहिले एक दर्जन बढीलाई रोजगारी दिदैआएको छ । युवा व्यवसायी राईले ग्यारेजलाई लोभलाग्दो फलफूलको वगैचादेखि ग्यारेजको इतिहास झल्किने गरि आफनो कला र संस्कृति उजागर गरिआएको बताउँछन् । भन्छन्, –‘ग्यारेज भन्नासाथ फोहोर हुन्छ भन्ने बुझाईलाई परिश्रम ,कला,सृजनामार्फत परिवर्तन ल्याउन थोरैभएपनि व्यवसायिक रुपमा हिम्मत देखाउने गरि ग्यारेज पौरखीको कर्म हो भन्ने बुझाउन सकिने लक्ष्य लिएको छु ।’क्याफेको सेवा विस्तार समारोहमा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई, झापा ४ का संघीय सांसद एलपी सावा लगायतको विशेष आतिथ्यता रहेको थियो ।
उनी एक दशक बढी लामो समय बिदेशमा बसेका थिए । विदेशमा आर्जन गरेको धनसम्पत्ति आफनै ठाउँमा पनि मेहेनेत गरे सफलता प्राप्त गर्न सकिन्छ भन्ने लक्ष्य लिएर स्वरोजगार बनेका राईले ग्यारेज क्याफेलाई २०७९ जेठ २ गतेदेखि सञ्चालनमा ल्याएका हुन् ।