दमकमा ५० शैयाको बाल अस्पताल चाँडै सञ्चालनमा आउने


दमक, २५ असार । कोभिड १९ को संभावित तेस्रो लहरको जोखिमलाई मख्य नजर गर्र्दै झापाको दमकमा बिशिष्ट प्रकारको बाल अस्पाताल सञ्चालनमा आउने भएको छ । सो अस्पताल सञ्चालनकालागि संभाब्यता अध्यायन थालिएको छ । दमक नगरपालिकाको बिशेष पहलमा प्रदेश १ मा नै पहिलो पटक विशिष्ट प्रकारको बाल अस्पताल सञ्चालनकालागि बरिष्ट मुटु रोग विशेषज्ञ डा. भगवान कोइराला, प्रदेश १ का अर्थ सचिब उत्तर कुमार खत्री, स्वास्थ्य सचिब गोविन्द कार्की, मेचि अञ्चल अस्तालका मेडिकल सुपरिटेण्डेन्ट सहितको टोलीले संभाब्यता अध्यायन गरिरहेको दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले बताईन । टोलीले दमकस्थित रेडक्रस भवनको स्थालगत रुपमा बस्तुअध्यान गरेको र सकरात्क ढंगबाट काम अगाढी बढिरहेको उपप्रमुख अधिकारीले बताईन । कोभिड १९ को तेस्रो लहरको संभावित जोखिमलाई कम गर्न नेपाल सरकारको स्वास्थ्य मन्त्रालयबाट ५० शैयाको विशिष्ट प्रकारको बाल अस्पताल सञ्चालनकालागि स्वकृती प्राप्त भोइसकेको अधिकारीले बताईन । अस्ताल सञ्चालनकालागि आवश्य पूर्वाधार तयारीको कामसमेत शूरु भोइसकेकोले चाँडै सञ्चालनमा आउने उपप्रमुख अधिकारीले जानकारी दिइन । सो अस्तपताल स्थित रेडक्रसको भवनमा सञ्चालन गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published.